सविनले पारिश्रमिकको १० प्रतिशत चलचित्र कलाकार संघलाई दिने - Crazysaptahik.com

सविनले पारिश्रमिकको १० प्रतिशत चलचित्र कलाकार संघलाई दिने

अभिनेता सविन श्रेष्ठ फिल्मसहित निजी कारणले पनि बेलाबेलामा चर्चामा आइरहन्छन् । चलचित्र कलाकार संघको आसन्न चुनावमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उनले आफूले अभिनयबाट प्राप्त हुने पारिश्रमिकको १० प्रतिशत कलाकार संघलाई दिने घोषणा गरेका छन् ।

माघ १ गतेदेखि आफूले अभिनय गर्ने फिल्म, म्युजिक भिडियो, विज्ञापन र यसै क्षेत्रसँग सम्बन्धित कामबाट आफूले पाएको रकमको उक्त हिस्सा संस्थालाई प्रदान गर्ने घोषणा उनले सामाजिक सञ्जालबाट गरेका छन् ।

आफूले पाउने पारिश्रमिकबाट कर कटाएर मात्र आफूलाई दिन समेत उनले आग्रह गरेका छन् ।‘आज म जे छु, मैले जुन इज्जत, सम्मान र माया पाएको छु । त्यसको सम्पूर्ण श्रेय नेपाली चलचित्र क्षेत्र नै हो र सदैव रहन्छ,’ उनले फेसबुकमा लेखेका छन् ।

कामको कुरा गर्दा सविनले निर्माण गरेको फिल्म ‘हिरो रिटन्र्स’ प्रदर्शन तयारीमा छ भने उनको नयाँ फिल्म निर्माण हुँदैछ । उनको प्रमुख भूमिका हुने फिल्म ‘सिड्नी’को निर्माण घोषणा भएको छ ।

सम्बन्धित खवर