स्टुडियो थिएटरमा ‘देउराली डाँडी’ - Crazysaptahik.com

स्टुडियो थिएटरमा ‘देउराली डाँडी’

गत जेठ महिनाबाट सञ्चालनमा आएको पिंगलास्थानस्थित सत्यमोहन जोशी स्टुडियो थिएटरमा अहिले नाटक ‘देउराली डाँडी’ मञ्चन भइरहेको छ । गत २९ पुसदेखि सुरु भएको नाटकको रङ्गकर्मी सहलेशको लेखन तथा अमेरिकी रङ्गकर्मी रोज स्वाइट्जको निर्देशन रहेको छ ।

नाटक ‘देउराली डाँडी’ एउटा गाउँको कथा हो । धेरै वर्ष अगाडी फैलिएको महामारीले गर्दा गाउँका सबै पुरुषहरू परदेशिएका हुन्छन् । बाँझो खेत, उजाडिएको देउराली, भत्किदै गएको गाउँको परिवेशमा महिलाहरूले गर्ने सङ्घर्षलाई नाटकमा देख्न सकिन्छ ।

गाउँमा देखिएको पुराना महामारीको लक्षण, त्यसैमा फेरि सङ्घर्ष, सङ्घर्षको अन्तिम चरणमा महिलाहरूले घाटु नाचको कथा, देवीहरूमा गाउँको पुरानो जीवनशैली खोज्ने साहस र आशाको कथाको सार नै देउराली डाँडी हो ।

एक्टर्स स्टुडियो र वान वल्र्ड थिएटरको सहकार्यमा फुल ब्राइट नेपाल यूएसईएफले प्रस्तुत गरेका नाटकमा दीया मास्के, पशुपति राई, मेनुका प्रधानका साथै बिनिता थापा मगर, रन्जना भट्टराई र सरस्वती चौधरी लगायत महिला कलाकारको भूमिका रहेको छ ।

 

सम्बन्धित खवर