बिहीबारदेखि उपत्यकामा ‘सरी मम’ रिलिज हुने - Crazysaptahik.com

बिहीबारदेखि उपत्यकामा ‘सरी मम’ रिलिज हुने

फिल्म ‘सरी मम’ यही माघ ५ गते अर्थात अगामी बिहीबारदेखि उपत्यकाभित्र मात्र प्रदर्शनमा आउने भएको छ । लागु औषध दुर्व्यसनविरुद्धको कथामा तयार भएको फिल्म दर्शकको चाहनाअनुसार उपत्यकामा मात्र रिलिज गर्न लागेको निर्माता विनोद लामाले बताए ।

फिल्मको २ टिकट किन्दा दर्शकले एक टिकट सित्तैमा पाउने समेत निर्माण टिमले बताएको छ । फिल्म प्रदर्शनमा आउने हलहरूसँगको सहमतिमा यो योजना ल्याइएको हो । फिल्मको टिकटमा वसुन्धरामा रहेको चिरायु अस्पतालमा स्वास्थ्य परीक्षणमा ५० प्रतिशतसम्म छुट पनि राखिएको छ ।

छुटका लागि फिल्मको टिकट लिएर अस्पताल पुग्नुपर्नेछ । निर्माण टिम र अस्पतालबिच यस्तो सम्झौता भएको हो । युवा दर्शकलाई लक्षित गरेर निर्माण गरिएको फिल्मको प्रदर्शनी तथा च्यारेटीलाई सरकारी स्तरबाट प्रदेश सरकार, नगरपालिका, गाउँपालिका, नेपाल प्रहरीसँगै नेपाल जेसिज, नार्कोनान नेपाल शिक्षा क्षेत्रमा क्रियाशील संस्थाहरू प्याब्सन, एन–प्याब्सन, हिसान, शिक्षक महासंघ लगायतले सहकार्य गरिसकेका छन् ।

उल्लेखित संस्थाहरूको बलमा निर्माण टिमले जतिसक्दो धेरै लक्षित वर्गमा फिल्म देखाउने उद्देश्य लिएको छ । नविन बोगटीको निर्देशन रहेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल , आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय छ ,

आयुष वुढाथोकी र सरोज पौडेलको लेखन रहेको फिल्मका निर्मातामा बिनोद लामाको अलवा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ हुन् ।

सम्बन्धित खवर