अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको सफाइको खबरले आफ्नो खुसीको सिमै नरहेको बताएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै आफू जहिले पनि पलको साथमा रहेको समेत उल्लेख गरेकी छन् ।
नाबालिका बलात्कारको आरोपमा पल पक्राउ परेपछि पल निर्दोष भएको भन्दै विभिन्न अभियान समेत सञ्चालन गरेकी पुजाले पलको सफाइमा एकदमै खुसी देखिएकी छन् । नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको हो ।
मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो ।
सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बालयौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।