फोटोमा खुलेकी मनिषा - Crazysaptahik.com

फोटोमा खुलेकी मनिषा

मुम्बईमा रहेकी अभिनेत्री मनिषा कोइरालाको व्यस्ता निकै बढेको छ । एकातिर उनी सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा व्यस्त छिन् भने अर्कोतिर उनी अभिनित फिल्म ‘शहजादा’ माघ २७ गते रिलिज हुँदैछ ।

उमेरले ५२ वर्ष लागे पनि मनिषाको सौन्दर्यमा कमी आएको छैन । जसको प्रमाण हो उनको नयाँ फोटोसुट । जसमा यी डीभा उत्तिकै हट र गर्जियस देखिएकी छन् । पछिल्लो इन्स्टाग्राम पोस्टमा मनिषा क्युट देखिएकी छन् ।

हल्का गुलाबी रङको आउटफिट र हेयरस्टाइलको क्याजुअल तस्वीरमा उनको सौन्दर्य खुलेको देखिन्छ । मनिषाको यो तस्वीरलाई शहजादा को–स्टार कार्तिक आर्यनले पनि लभ रियाक्ट गर्दै मन पराएका छन् ।

फेसनमा आफूलाई मनपर्ने रङको पहिरन लगाएको भन्दै मनिषाले तस्वीर पोस्ट गरेकी छन् । शहजादाको ट्रेलरले राम्रो प्रतिक्रिया प्राप्त गरेको छ, जसमा मनिषा कार्तिककी आमाको भूमिकामा छिन् ।

मनिषाले सन् १९९६ मा भन्सालीको फिल्म ‘खामोशी’मा काम गरेकी थिइन् । त्यसयता भारतीय फिल्ममा धेरै विकास भएको उनको मूल्यांकन छ । भन्छिन्, ‘निश्चित रूपमा धेरै रोचक भूमिका देखिएको छ र विशेषगरी विभिन्न उमेर समूहका महिलाहरूका लागि कथाहरु पनि लेखिएको छ । धेरै महिलाले रोचक क्यारेक्टर गरिरहेका छन् र धेरै अभिनेत्रीले असाधारण प्रदर्शन गरिरहेका छन् ।

दायरा बढेको छ । विभिन्न किसिमका कथालाई दर्शकले पनि स्वीकारेका हुनाले मानिसले विभिन्न किसिमका पात्र लेखिरहेका छन् र फिल्म बनिरहेका छन् ।’ समय महिलालाई केन्द्रित गरेर कथा लेखिएको र महिला केन्द्रित फिल्म बनाउन पुरुषहरु अघि रहेको उनको अनुभव छ ।

‘धेरै पुरुषहरूले पनि महिला केन्द्रित फिल्मलाई बनाइरहेका छन् र दर्शकले अहिले तिनीहरूलाई रुचाएका छन् । यी फिल्मले पनि राम्रो व्यापार गरिरहेका छन् । म पनि एक लोभी मान्छेजस्तै हुँ किनकि यसलाई अझै धेरै हेर्न चाहन्छु ।

म पनि युवा अभिनेत्रीले आफ्नो सीपको सदुपयोग गरून् भन्ने चाहन्छु । म सधैं महिला केन्द्रित फिल्महरू हेर्न चाहन्छु,’ उनी भन्छिन्  मनिषा यो महिनाको अन्त्यतिर नेपाल आउँदैछिन् र उक्त समयमा पूर्वयुवराज्ञी हिमानी शाहसँग भिडियो संवाद गर्ने उनको तयारी छ ।

यसका लागि भ्वाइस अफ युथले यी दुई सेलिब्रिटीलाई उक्त अन्तरक्रियामा सहभागी गराउने जनाएको छ । यो कार्यक्रममा यसअघि राजेश हमाल, सद्गुरु लगायत सहभागी भइसकेका छन् ।

 

सम्बन्धित खवर