‘झिलमिल सितारा’ दीपा झाको एकल गीति संग्रह सार्वजनिक - Crazysaptahik.com

‘झिलमिल सितारा’ दीपा झाको एकल गीति संग्रह सार्वजनिक

गायिका दीपा झाको एकल गीति संग्रह ‘झिलमिल सितारा’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा संगीतकार शम्भुजीत बास्कोटा, गीतकार एसपी कोइराला, संगीतकार आलोकश्री, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा र गायिका झाले संयुक्त रुपमा एल्बमको विमोचन गरे ।

एल्बममा समावेश आठवटै गीतमा आलोकश्रीले संगीत दिएका छन् भने एसपी कोइराला, मुकुन्दराज शर्मा ,आलोकश्री, तीर्थ श्रेष्ठ, नारायण खतिवडा, टेक तामाङ र अनिता प्रधानको शब्द रचना रहेको छ ।

‘झिलमिल सितारा’मा समावेशमध्ये दुई गीतका दीपाका श्रीमान् समेत रहेका गायिका उदितनारायण झा र एक गीतमा छोरा आदित्यनारायणको समेत स्वर छ । संगीतकार आलोकश्रीले अहिले भौतिक एल्बमको जमाना नभए पनि डिजिटल एल्बम ल्याइएको बताए ।

‘पुरानो शैलीको जस्तो एल्बम होइन, जुक्सबक्सको रुपमा युट्युबलगायत डिजिटल प्लेटफर्ममा रिलिज गरेका हौं,’ उनले भने । कार्यक्रममा उक्त एल्बमको ‘हे माया’ गीतको भिडियो समेत प्रदर्शन गरिएको थियो । हाल मुम्बईमा स्थायी बसोबास गर्ने गायिका झाले गाएका थुप्रै नेपाली गीत चर्चित छन् ।

सम्बन्धित खवर