स्वप्‍न सुमन फिल्मको हिरो बन्ने, दिनेश राउतको लभस्टोरी फिल्ममा अनुबन्धित - Crazysaptahik.com

स्वप्‍न सुमन फिल्मको हिरो बन्ने, दिनेश राउतको लभस्टोरी फिल्ममा अनुबन्धित

तन्नेरीमाझ रुचाइएका गायक स्वप्‍न सुमन अब फिल्मको नायक बन्ने भएका छन् । दिनेश राउतले निर्देशन गर्ने आगामी अनटाइटल फिल्ममा उनलाई नायकको भूमिकामा देख्न पाइने भएको हो ।

प्रेमकथा र सामाजिक कथावस्तुमा आधारित हुने फिल्मको छायांकन वैशाखदेखि सुरु हुनेछ । निर्देशक राउतले गायक सुमनलाई प्रमुख चरित्रमा अनुबन्धित गरिएको जानकारी दिए । तीन महिनादेखि यो भूमिकामा लागि सुमनले अभिनय सिकिरहेका छन् ।

उनलाई अडिसनबाट छनोट गरिएको पटकथा लेखक विकास सुवेदीले बताए । वैशाखदेखि छायांकन सुरु हुने फिल्म असारसम्म सक्ने तयारी निर्माताको छ । ‘हामीलाई वर्षातको मौसम पनि जरुरी छ,’ निर्देशक राउतले भने ।

नायिकाको भूमिकामा अभिनय गर्ने कलाकार तय हुन बाँकी छ । फिल्म सहरी कथावस्तुको हुने लेखक सुवेदीले बताए । ‘यसले सहरी सभ्यताको ढोंगीपन र भ्रमको कथा भन्छ,’ उनले भने, ‘सहरभित्रको एउटा कथा हो ।

यसले सहरको दुई चरित्र झल्काउँछ ।’ फिल्मलाई आगामी दशैंमा रिलिज गर्ने योजना छ ।वास्तविक नाम सुमन थापा भएका उनको स्टेज नाम चाहिं स्वप्न सुमन हो । सन् २०१३ बाट गीत गाउन सुरु गरेका उनले यसअघि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को ओएसटी पनि तयार पारेका थिए ।

के साह्रो राम्रो भको र ए हेलो जस्ता गीतले उनलाई स्थापित गरे । मोडल तथा अभिनेत्री ज्योत्सना योगीसँग गत वर्ष विवाह गरेका उनले संगीत र अभिनयलाई सँगै अघि बढाउन खोजेका छन् ।

सम्बन्धित खवर