हलिउड अभिनेता एलेक बाल्डविनमाथि चल्नेछ अनैच्छिक हत्याको मुद्दा - Crazysaptahik.com

हलिउड अभिनेता एलेक बाल्डविनमाथि चल्नेछ अनैच्छिक हत्याको मुद्दा

हलिउड अभिनेता एलेक बाल्डविनमाथि अनैच्छिक हत्याको मुद्दा चलाइने भएको छ । एलेक बाल्डविनले एक फिल्मको सुटिङका बेला सिनेम्याटोग्राफर हेलिना हचिन्समाथि प्रप गन (फिल्म वा टेलिभिजनको सुटिङमा प्रयोग हुने बन्दुक) बाट गोली चलाएका थिए जसका कारण उनको मृत्यु भएको थियो ।

अक्टोबर २०२१ को घटनाका कारण बाल्डविनमाथि यो मुद्दा चलाइँदैछ । उनीहरू न्यु मेक्सिकोको सान्टा फे नजिकै एक रेन्चमा ‘रस्ट’ नामको एउटा फिल्मको सुटिङ गरिरहेका थिए । त्यति नै बेला यो घटना भएको हो ।

यो घटनामा बाल्डविनसँग फिल्मकी आर्मरर हान् गुतिरेट रिडमाथि पनि मुद्दा चलाइनेछ । दुबैका वकिलले आफूहरू अदालतमा यो मुद्दा लड्ने बताएका छन् । नभष्लिबउनले एक बयानमा भने, ‘यो मुद्दा चलाउनका लागि पर्याप्त प्रमाण छन् ।

मेरो नजरमा कोही पनि कानुनभन्दा माथि छैन । र हरेक व्यक्ति न्यायको हकदार छन् ।’दुवैमाथिको आरोप प्रमाणित भए १८ महिनाको जेल सजाय र पाँच हजार डलर जरिवाना हुन सक्नेछ । जुरिले मुद्दाको फैसला गर्नेछ ।

उक्त घटनामा फिल्मका निर्देशक जोएल सुजा पनि घाइते भएका थिए तर अभियोजकका अनुसार यसमा कुनै मुद्दा चलाइएको छैन ।

सम्बन्धित खवर