शाहरुख खानको फिल्म ‘पठान’ रिलिज हुन केही दिन मात्रै बाँकी छ । किङ खान चार वर्षपछि ठूलो पर्दामा फर्किने भएपछि फ्यानमा ठूलो क्रेज छ । निःसन्देह, फिल्म पठानका लागि निर्माता आदित्य चोपडादेखि लिएर शाहरुखसम्मले धेरै कुरालाई दाउमा राखेका छन् ।
लामो समयदेखि शाहरुखको फिल्म सुपरहिट हुन सकेको छैन । आदित्यको कम्पनीको यशराज फिल्म्सका चार फिल्म कोरोना महामारीपछि फ्लप भएका छन् जसमा ‘बन्टी और बबली २’, ‘जयेश भाइ जोरदार’, ‘सम्राट पृथ्वीराज’ र ‘शमशेरा’ छन् ।
तथ्यांकको कुरा गर्ने हो भने ‘बेसरम रंग’ गीत रिलिजको क्रममा पठानको क्रेज भने निकै बढेको थियो तर फिल्मको ट्रेलरलाई दर्शकले त्यति रुचाएनन् । ‘पठान’ को टिजर ७ करोड पटक हेरिएको भए पनि यसको पहिलो गीत ‘बेसरम रंग’ २२ करोड पटक हेरिएको छ ।
‘झुमे जो’ बोलको दोस्रो गीत १२ करोड ५० लाख पटक हेरिसकिएको छ । जबकि ट्रेलरलाई ५ करोड पटक मात्रै हेरिएको छ । फिल्म क्षेत्रका जानकारहरु पछिल्लो समय दर्शक धेरै नै समझदार भएको तर्क गर्छन् ।
अब सबै कुरा फिल्मको विषयवस्तुमा निर्भर हुनेछ । सफल भएमा पाँच दिनको सप्ताहन्तसम्म फिल्मले कमाइमा नयाँ रेकर्ड बनाउनेछ । तर चलेन भने पहिलो साताको अन्त्यसम्म मात्र यसको प्रदर्शन सीमित हुनेछ ।
पठानले ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म ‘वार’को कमाइसँग प्रतिस्पर्धा गर्नेछ, सन् २०१९ मा आएको आदित्य चोपडाको स्पाइ युनिभर्सको अघिल्लो फिल्मले पहिलो दिन ५३ करोड कमाएको थियो ।
‘पठान’ किन हिट हुन सक्छ ?
चार वर्षपछि ठूलो पर्दामा फर्किएका शाहरुख खानका फ्यानहरूले आफ्ना मनपर्ने स्टारका लागि टिकट बुकिङ गरिरहेका छन् । सन् २०१८ मा आएको फिल्म ‘जिरो’ फ्लप भएपछि किङ खानले फिल्मी संसारबाट ब्रेक लिएका थिए ।
यो वर्ष उनी तीन फिल्म ‘पठान’, ‘जवान’ र ‘डंकी’ मार्फत कमब्याक गर्दैछन् । शाहरुखका फिल्मले सुरुदेखि नै विदेशमा राम्रो व्यापार गर्दै आएका छन् । पठानले विदेशमा पनि अग्रिम बुकिङको नयाँ रेकर्ड बनाएको छ ।
सामाजिक सञ्जालको जमानामा युवायुवतीमाझ कुनै पनि फिल्मको पहुँच त्यसको युट्युब भ्युजबाट मापन गरिन्छ । यसै सन्दर्भमा शाहरुखको फिल्म ‘पठान’ को पहिलो रिलिज भएको गीत ‘बेसराम रंग’ ले निकै चर्चा पायो ।
यो गीतलाई लिएर निकै विवाद भए पनि यसै कारणले यो गीतले युट्युबमा २२ करोड भ्युजको नयाँ रेकर्ड बनाएको छ । जसकारण फिल्ममा रुचि नभएका मानिसलाई शाहरुखको फिल्म आउँदैछ भन्ने थाहा भयो ।
पठानको ‘बेसरम रंग’ गीतले पक्कै पनि निकै चर्चा पाएको छ । तर दीपिका पादुकोणको बोल्ड स्टाइलका कारण यो गीत परिवार वर्गका सबै दर्शकले रुचाएनन् । योसँगै फिल्म बहिष्कारको प्रवृत्तिका कारण पनि यसलाई केही नोक्सान हुने सम्भावना छ ।
शाहरुख आफूले यसअघि धेरै फिल्म रिलिज हुनुअघि मिडिया अन्तर्वार्ता वा पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिका कारण विवादमा परेका छन् । जसका कारण किङ खानसँगै उनका फिल्मले पनि बक्स अफिसमा घाटा बेहोर्नु परेको थियो ।
हुनसक्छ यी विवादबाट बच्न यस पटक शाहरुखले आफ्नो फिल्म पठान रिलिज हुनुअघि कुनै पनि प्रकारको अन्तर्वार्ता वा पत्रकार सम्मेलन गरेका छैनन् ।देशभक्तिपूर्ण फिल्मले सधैं हिन्दी बक्स अफिसमा राम्रो व्यापार गरेका छन् ।
फिल्म पठानमा शाहरुख भारतीय गुप्तचर जासूसको भूमिकामा छन् । विशेष कुरा के छ भने यो फिल्म आदित्य चोपडाको स्पाई युनिभर्सको हिस्सा हो ।
यस अन्तर्गत उनले आफ्ना अघिल्ला फिल्म ‘टाइगर’ र ‘वार’का नायक सलमान खान र ऋतिक रोशनलाई आफ्नो आगामी फिल्ममा आफ्नो अन्डरकभर स्पाइजमा ल्याउनेछन् । पठानमा पनि सलमान टाइगरको भूमिकामा देखिने चर्चा छ ।फिल्म ‘पठान’को गीत ‘बेसरम रंग’मा अभिनेत्री दीपिका पादुकोण ।
हिन्दीसँगै तमिल र तेलुगूमा पनि रिलिज हुन लागेको पठानलाई दक्षिण भारतमा पनि शाहरुख खानका फ्यानसम्म पु¥याउन निर्माताले पूर्ण तयारी गरेका छन् । फिल्मको तेलुगू ट्रेलर तेलुगू सुपरस्टार रामचरणले रिलिज गरेका छन् भने तमिल सुपरस्टार थलापति विजयले यसको ट्रेलर सार्वजनिक गरेका छन् ।
यस फिल्मलाई एसएस राजामौलीले पनि सपोर्ट गरिरहेका छन् । यसबाहेक शाहरुखले तेलुगू टीभी च्यानलमा पनि आफ्नो फिल्मको प्रवर्द्धन गरेका छन् ।
फ्लप हुने जोखिम कति छ ?
शाहरुख खान बलिउडका सुपरस्टार हुन् । तर उनले बक्स अफिसमा आफ्नो क्षमता प्रमाणित गर्न नसकेको भने लामो समय भइसकेको छ । उनको पछिल्लो २०० करोड कमाउने फिल्म ‘ह्याप्पी न्यु इयर’ आजभन्दा करिब ९ वर्षअघि सन् २०१४ मा रिलिज भएको थियो ।
त्यसपछि आएका उनका फिल्म दिलवाले, फ्यान र रईसले बक्स अफिसमा खासै व्यापार गर्न सकेनन् । अर्कोतर्फ, जब ह्यारी मेट सेजल र जिरो पनि १०० करोड क्लबमा प्रवेश गर्न सकेनन् ।
फिल्म पठानको ट्रेलर युट्युबमा हालसम्म पाँच करोड पटक हेरिएको छ । यसपछि रिलिज भएको कार्तिक आर्यनको फिल्म शहजादाको ट्रेलर अहिलेसम्म साढे ६ करोड पटक हेरिसकिएको छ ।
जबकि त्यो फिल्म अल्लु अर्जुनको तेलुगू फिल्मको रिमेक हो । पठानको ट्रेलरमा भारी भीएफएक्सको प्रयोगका कारण धेरैले सामाजिक सञ्जालमा यसको आलोचना गरेका छन् । फिल्मको ट्रेलरलाई दर्शकले अपेक्षा गरेजस्तो रुचाएनन् भन्ने मानिएको छ ।
पठानको ‘बेसरम रंग’ गीतले पक्कै पनि निकै चर्चा पाएको छ । तर दीपिका पादुकोणको बोल्ड स्टाइलका कारण यो गीत परिवार वर्गका सबै दर्शकले रुचाएनन् । योसँगै फिल्म बहिष्कारको प्रवृत्तिका कारण पनि यसलाई केही नोक्सान हुने सम्भावना छ ।
यसअघि पनि शाहरुखका यसअघिका धेरै फिल्म विभिन्न संस्थाको बहिष्कारका कारण बक्स अफिसमा असफल भएका थिए । दशकौंदेखि बक्स अफिसमा राज गर्दै आएका शाहरुखलाई रोमान्सका राजा मानिन्छ ।
तर फिल्म पठानमा उनी एक्सन अवतारमा कमब्याक गर्दैछन् । आज पनि रोमान्सको मामिलामा शाहरुखको कुनै मिल्दोजुल्दो अरु कोही नहुने फिल्मी जगतका जानकार बताउँछन् । तर यदि उनी ठूलो पर्दामा एक्सन गर्दै देखिए भने उनको तुलना बलिउडका युवा स्टारका साथै साउथ सिनेमाका सुपरस्टारसँग पक्कै हुनेछ । यसरी प्रतिस्पर्धा कडा छ ।
पठानको बजेट करिब २५० करोड भारु रहेको बताइएको छ । बक्स अफिसमा हिट हुन ३०० करोडभन्दा बढी कमाउनुपर्नेछ । गत वर्ष कोरोनापछि बलिउडका सबै ठूला स्टारका फिल्मले खास केही गर्न सकेनन् ।
अब शाहरुखले सुपरस्टारको हैसियत कायम राख्न कम्तीमा गत वर्षको रणवीर कपुरको फिल्म ‘ब्रह्मास्त्र’को पहिलो दिन ३६ करोडभन्दा बढी कमाउनुपर्नेछ ।