दशैंमा फिल्म रिलिज गर्न निर्माताको होड : डिग्री माइला, भष्मे डन र स्वप्न सुमनको फिल्म आउने तयारीमा - Crazysaptahik.com

दशैंमा फिल्म रिलिज गर्न निर्माताको होड : डिग्री माइला, भष्मे डन र स्वप्न सुमनको फिल्म आउने तयारीमा

आगामी दशैंमा फिल्म रिलिज गर्न नाम चलेका निर्माताबीच होड देखिएको छ । तीन फिल्मले उक्त छेकोमा प्रदर्शन मिति घोषणा गरिसकेका छन् । यी तीनै फिल्म छायांकनको तयारीमा छन् ।कीर्तिमानी फिल्म ‘कबड्डी ४’ फेम्ड रामबाबु गुरुङले दशैंमा आफ्नो आगामी फिल्म ‘डिग्री माइला’लाई ल्याउने घोषणा गरेका छन् ।

शुक्रबार फिल्म निर्माणको औपचारिक जानकारी दिँदै उनले दयाहाङ राईको प्रमुख अभिनय रहने फिल्मलाई सो डेटमा ल्याउने जनाए ।

दीपेन्द्र के खनाल र खगेन्द्र लामिछानेले आफूहरुको आगामी सहकार्य ‘भष्मे डन’लाई पनि दशैंमा रिलिज गर्ने घोषणा गरेका छन् । चर्चित फिल्म ‘पशुपति प्रसाद’को स्पिनअफ समेत बताइएको यो फिल्ममा बिपिन कार्की र सौगात मल्लको प्रमुख भूमिका हुनेछ ।

निर्देशक दिनेश राउतले पनि आगामी दशैंमा आफ्नो आगामी लभस्टोरी फिल्मलाई ल्याउने घोषणा गरिसकेका छन् । गायक स्वप्न सुमनले यही फिल्ममार्फत अभिनयमा डेब्यु गर्ने तयारी गरेका छन् ।

अनटाइटल यो फिल्म पनि निर्माणको तयारीमा छ । दशैं, तिहार, नयाँवर्ष र अन्य पर्वको छेकोमा फिल्म रिलिज गर्न निर्माताबीच व्यवसायिक होड चल्ने गर्छ ।

कमाइका हिसाबले आकर्षक समय पनि भएकाले निर्मातले फिल्म ल्याउन एकवर्षअघि नै रिलिज मिति घोषणा गरेका हुन् । कम्तीमा दुई फिल्म आउने भएपछि आगाम दशैंमा घरेलु बक्सअफिसको भीडन्त रोचक हुने देखिएको छ ।

सम्बन्धित खवर