जोगिन्दर पानवाल अब फिल्मको हिरो - Crazysaptahik.com

जोगिन्दर पानवाल अब फिल्मको हिरो

हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ फिल्मको हिरो बन्ने भएका छन् । कलाकार तथा निर्देशक बिनोद केसीले निर्माण गर्न लागेको फिल्म ‘कबाडी’ मा उनी हिरोको अनुबन्धित भएका छन् ।

फिल्म अभिनय बिषयमा शनिबार कलाकार रिजाल र निर्माण युनिटबीच सम्झौता भएको छ । ठाउँठाउँमा पुगेर पुराना सामान उठाउने कबाडीको कथा फिल्मको बिषयवस्तु हो ।

फिल्मले सामाजिक सद्भाव र अनुहार हरेर गरिने भेदभावको बिषयमा सन्देश दिने निर्देशक केसीले बताए । फिल्मको कथावस्तु मनपरेकोले फिल्म अभिनय गर्न राजी भएको रिजालले बताए ।

‘फिल्मले नेपाली मार्केटमा कस्तो प्रभाव पार्छ भन्न सक्दिन । तर अन्तराष्ट्रिय फेष्टिभलमा भने यो छानेने खालको छ’ रिजालले थपे । फिल्ममा गायिका मञ्जु पौडेल अभिनेत्रीको रुपमा देखिनेछिन् ।

केही टेलिफिल्म अभिनय गरिसकेकी पौडेलको यो पहिला फिल्म हुनेछ ।हास्य कलाकार दमन रुपाखेतीको समेत मुख्य भूमिका रहने फिल्म सहर्ष गणेश फिल्मस् एण्ड एड्भर्टाइजिङ्ग सर्भिसको ब्यानरमा निर्माण हुन लागेको हो ।

फिल्मका निर्माता निर्देशक विनोद आफै हुन् । फिल्मको प्राबिधि र अन्य कलाकारको जानकारी केही समयपछि एक औपचारीक कार्यक्रम मार्फत दिइने निर्माण युनिटले जनाएको छ ।

सम्बन्धित खवर