किम कार्दसियनले महंगो मूल्यमा किनिन् राजकुमारी डायनाको लकेट - Crazysaptahik.com

किम कार्दसियनले महंगो मूल्यमा किनिन् राजकुमारी डायनाको लकेट

विश्वचर्चित सेलिब्रिटी किम कार्दसियनसँग महंगो र पुरातात्विक सामानको खजाना छ । उनी प्रायः यस्ता चीज किन्न रुचि राख्छिन् । हालै जब बेलायती पूर्वराजकुमारी डायनाको सामान लिलामी भयो, किमले उनको डायमण्ड क्रस पेन्डेन्ट लकेट खरिद गरिन् ।

राजकुमारीले यो गहना कम्पनी सोथेबीको वार्षिक समारोहमा लगाएकी थिइन् । यो हीराको लकेटको मूल्य सुनेर तपाईंलाई पनि आश्चर्य लाग्न सक्छ । किमले कति पैसामा यो लकेट किनेकी हुन् भनेर तपाईंलाई पनि रुचिकर हुन सक्छ ।

यो महंगो क्रस चिन्हको गहना मात्र होइन ।यसको दशकौं लामो इतिहास छ । जसको सुरुवात कोर्ट ज्वैलर ग्यारार्डबाट भएको थियो, जसले सन् १९२० को दशकमा एकल–अफ लकेट बनाएका थिए ।

त्यसपछि एस्प्रे र गारार्डका प्रमुख कार्यकारी नइम अत्ताल्लाह सीबीईले किनेका थिए । पछि यो ऋण तिर्न राजकुमारी डायनालाई दिइयो । रिपोर्टका अनुसार कार्दसियनले राजकुमारीको यो लकेट ९७ हजार ४५३ डलरमा किनेकी हुन् ।

यो एक गोल कट हीराको डिजाइन हो । सोथेबीको लण्डनका गहना प्रमुख, क्रिश्चियन स्पोर्टफार्थका अनुसार क्रस राजकुमारीले मात्र लगाएकी थिइन् र उनको मृत्युपछि सार्वजनिक रूपमा कहिल्यै देखिएन । यो पहिलो पटक लिलामी भएको हो ।

किमले लकेट किनेपछि उनले धेरै विरोधको पनि सामना गरिरहनुपरेको छ । एक प्रयोगकर्ताले लेखे, ‘विश्वास लाग्दैन कि किम कार्दसियनले राजकुमारी डायनाको लकेट किनेकी छन्, उनी यो लगाउन योग्य छैनन् ।’ किमले आफ्नो कपाललाई सुनौलो रंग दिएकी छन्, जसको फ्यानबाट प्रशंसा भइरहेको छ ।

सम्बन्धित खवर