ओस्कार मनोनयनमा सिक्वेल दबदबाको संकेत, ‘टपगन माभेरिक’ सर्वाधिक विधामा पर्ने प्रक्षेपण - Crazysaptahik.com

ओस्कार मनोनयनमा सिक्वेल दबदबाको संकेत, ‘टपगन माभेरिक’ सर्वाधिक विधामा पर्ने प्रक्षेपण

सन् २०२३ को ओस्कार अवार्डका लागि मनोनयन भोलि (बुधबार) बिहान घोषणा हुँदैछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसपटकको अवार्डमा धेरै कीर्तिमान तोडिने सम्भावना छ ।

टपगन, अवतार र ब्ल्याक प्यान्थरका नयाँ श्रृंखलाको दबदबा यसपटक हुने अपेक्षा गरिएको छ ।सम्भवतः आइरिस फिल्म र अभिनेताको बलियो उपस्थिति मनोनयनमा हुने अपेक्षा छ । हलिउड स्टुडियो मार्भलका फिल्महरुले मनोनयनमा आफूलाई सुरक्षित बनाउन सक्छन् ।

जिमी किमेलले यस वर्षको समारोह होस्ट गर्नेछन् । ओस्कार समारोह जुन १२ मार्चमा हुने तय छ । अहिले चर्चामा रहेका फिल्महरु ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ र ‘द बान्सी अफ इनसिरिन’ फिल्म धेरै विधामा मनोनयन हुने सम्भावना छ ।

एल्भिस, टार, द फेबलम्यान्स, अल क्वीट अन द वेस्टर्न फ्रन्ट र द ह्वेल फिल्म पनि मनोनयन हुने बलियो सम्भावना छ । २०२३ को सर्टलिस्टले एकै वर्षमा उत्कृष्ट फिल्मको लागि मनोनित गरिएका सिक्वेलको सबैभन्दा ठूलो संख्या प्राप्त गर्न सक्छ, जसमा टपगन माभेरिक, अवतार : द वे अफ वाटर, ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर प्रमुख सिक्वेल हुन् ।

ग्लास ओनिअन : नाइभ्स आउट मिस्ट्रि पनि यसअन्तर्गत पर्न सक्छ । ‘वाकान्डा फरेभर’मा एन्जेला बासेटको अभिनयको लागि उत्कृष्ट सहायक अभिनेत्रीको मनोनयन हुन सके मार्भलका लागि यो पहिलो मनोनयन हुन सक्छ ।

सन् २०१९ मा पहिलो ‘ब्ल्याक प्यान्थर’ फिल्म उत्कृष्ट फिल्मको रुपमा मनोनयन भएको थियो । त्यतिबेला मार्भल सिनेम्याटिक युनिभर्सका कलाकार अन्य फिल्मका लागि मनोनित भएका थिए तर सुपरहिरो फिल्मका लागि भने होइन ।

यसअघि मार्भलका फिल्महरु कुल १९ विधामा मनोनित भएका थिए जसमा अधिकांश प्राविधिक विधा थिए । यस वर्षको ओस्कारमा आइरिस कलाकारको लागि विशेष रूपमा बलियो प्रस्तुति हुनसक्छ ।

बान्सी अफ इनिसेरिनकोबाट चार जना कलाकार कोलिन फारेल, ब्रेन्डन ग्लेसन, ब्यारी केओघन र केरी कोन्डन मनोनित हुन सक्छन् । यो फिल्मले आयरल्याण्डको पश्चिमी तटमा रहेको टापुमा दुई साथीलाई पछ्याउँछ ।

स्टीवन स्पिलबर्गको आत्मकथात्मक नाटक ‘द फेबेलम्यान्स’को लागि मिसेल विलियम्सको सम्भावित नामांकनमा यस वर्ष अवार्ड सर्कलहरूमा धेरै बहस भएको छ । उनले नाटकमा उनले नायककी आमाको भूमिका निर्वाह गरेकी छन् ।

उत्कृष्ट मौलिक गीतमा प्रायः कलाकारभन्दा गायन स्टारहरु हाबी हुन्छन् । यसपटक वाकान्डा फरेभरका लागि रिहानाको गीत ‘वेक मी अप’ दाबेदार हो । टपगन माभेरिक फिल्ममा समावेश ‘होल्ड माइ ह्यान्ड’बाट लेडी गागा अर्की प्रतिस्पर्धी हुन् ।

दक्षिण भारतीय फिल्म आरआरआरको गीत नाटु नाटु यो विधामा अर्को बलियो दाबेदार हो ।यस वर्ष उत्कृष्ट निर्देशकका लागि मनोनयनमा परेका सबै पुरुष हुने सम्भावना छ ।

जसमा स्टीभन स्पिलबर्ग (द फेबेलम्यान्स), टोड फिल्ड (टार), मार्टिन म्याकडोनाघ (बान्सिस अफ इनसिरिन्को), बाज लुहरमन (एल्विस), र जोसेफ कोसिन्स्की (टप गनः माभेरिक) छन् ।

सम्बन्धित खवर