अमेरिकाको ल्होसार कार्यक्रममा महादेवले हँसाए, मिलनले नचाए - Crazysaptahik.com

अमेरिकाको ल्होसार कार्यक्रममा महादेवले हँसाए, मिलनले नचाए

चर्चित हास्य कलाकार महादेव त्रिपाठीले अमेरिकामा दर्शकलाई हँसाएका छन् । ल्होसारको अवसर पारेर तामाङ समाज अमेरिकाको विनीता तामाङद्वारा अस्ट्रिया वल्र्ड मेनोरमा आयोजित ‘ल्होसार सेलिब्रेसन २०७९’ नामक कार्यक्रममा उनले कमेडीका विभिन्न प्रस्तुति मार्फत दर्शक रिझाएका हुन् ।

उनका हरेक कमेडीमा दर्शक पेट मिचिमिची हाँस्न बाध्य भएका थिए । नेपाली जादुगरको रूपमा परिचित कलाकार त्रिपाठीले कार्यक्रममा हास्य ब्याङ्ग्याका अलवा जादु, डान्स र लेडिज गेम समेत प्रस्तुत गरे ।

 

कार्यक्रममा लोकप्रिय गायक मिलन लामाले पोखरा फेवाताल, देउडा लगायत आधा दर्जन चर्चित गीत राखे । गायक लामाको प्रत्येक गीतमा दर्शक झुमेर नाच्दै वान्स मोरको हुटिङ समेत गरेका थिए ।

अमेरिका निवासी केही गायक गायिकाको समेत सांगीतिक प्रस्तुतिको अलवा तामाङ सेलोमा आकर्षक नृत्यहरु समेत कार्यक्रममा रहेको थियो । अमेरिकामा नेपाली कला संस्कृति प्रदर्शन र सांगीतिक मनोरञ्जनको उद्देश्यले कार्यक्रम गरिएको आयोजक तामाङ समाज अमेरिकाको अध्यक्ष विनीता तामाङले बताइन् ।

विनीताले यस अगाडी पनि नेपाल चाडपर्वको अवसर पारेर अमेरिकामा विभिन्न सांगीतिक कार्यक्रम आयोजना गर्दै आएकी छन् । कलाकार महादेव त्रिपाठी करिब दुई दर्जन कार्यक्रमको उदेश्य सहित केही महिना अगाडि अमेरिका पुगेका थिए ।

अमेरिकाको न्युयोर्क, भर्जेनिया, क्यालिफोनिया, डालस लगायतका स्थानमा करिब एक दर्जन कार्यक्रम उनले गरिसकेका छन् । अझै अमेरिकाको विभिन्न शहरमा आफ्नो कार्यक्रम रहेको त्रिपाठीले बताए । त्रिपाठीलाई नेपालबाट अमेरिका कार्यक्रमका लागि मनास्लु वल्र्ड कलेज चुच्चेपाटीले पठाएको हो ।

अमेरिकामा रहेका नेपालीलाई मनोरञ्जन दिलाउदै अमेरिकाको विभिन्न शहमा नेपाली कलासंस्कृति प्रदर्शन गर्नु र अमेरिका निवासी नेपाली तथा अमेरिकीलाई नेपाल भ्रमणमा आकषर्ण गर्नु उनको अमेरिका कार्यक्रमको उदेश्य रहेको छ । कलाकार त्रिपाठी अमेरिकाको विभिन्न ठाउँमा सम्मानित समेत भएका छन् ।

सम्बन्धित खवर