सलमान खानको ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक - Crazysaptahik.com

सलमान खानको ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक

‘पठान’ रिलिज भएकै दिनको छेकोमा बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक भएको छ । फरहाद सम्जी निर्देशित फिल्मको टिजरमा प्रशस्तै एक्सन दृश्य समावेश गरिएको छ ।

दर्शकले टिजरमा पनि सलमान खान शैलीलाई महसुस गर्न सक्छन् । सलमानको पात्रलाई पूर्णतः एक्सन स्टन्टमा प्रस्तुत गरिएको छ । एक्सन हिरोले गर्नुपर्ने सबै स्टन्ट यसमा छ ।

सलमानको चरित्रले केही हाई–ओक्टेन स्टन्टहरू तान्दैछ र एक्सन हिरोले गर्नुपर्ने सबै काम गरिरहेको छ । यस ट्रेलरको आधारमा हेर्ने हो भने फिल्ममा केही फरक छैन, फिल्मको कथावस्तु सलमानले लेखेका हुन् ।

सलमानको पछिल्लो फिल्म ‘अन्तिम’ थियो, जुन सन् २०२१ मा रिलिज भएको थियो । कोरोना महामारीको दोस्रो लहरमा अर्को फिल्म ‘राधे’ सिधै ओटीटीमा रिलिज भएको थियो ।

सलमानले हालै दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीको फिल्म ‘गड्फादर’ र शाहरुख खानको ‘पठान’मा विशेष केमियो भूमिका निर्वाह गरेका छन् । ‘दबङ ३’ यता फ्यानले सलमान शैलीका फिल्म हेर्न नपाएको गुनासो गरिरहेका छन् ।

यो वर्ष किसीका भाइ किसीकी जानपछि सलमानको अर्को फिल्म ‘टाइगर ३’ पनि रिलिज हुँदैछ । ‘किसीका भाइ किसीका जान’मा पूजा हेग्डे, शहनाज गिल, भाग्यश्री, भूमिका चावलालगायत कलाकारको अभिनय रहेको छ ।

फिल्ममा वेंकटेश दग्गुबती र रामचरणको विशेष भूमिका थियो । फिल्मलाई निर्देशन गरिरहेका फरहाद सामजीले यसअघि बच्चन पाण्डे र हाउसफुल ४ निर्देशन गरिसकेका छन् । ‘किसीका भाइ किसीकी जान’ सन् २०२३ को इदमा रिलिज हुने तय भएको छ ।

सम्बन्धित खवर