भारतीय बक्स अफिसमा ‘पठान’ :दुई दिनमै १२७ करोड भारु, बिहीबार एकैदिन ७० करोड - Crazysaptahik.com

भारतीय बक्स अफिसमा ‘पठान’ :दुई दिनमै १२७ करोड भारु, बिहीबार एकैदिन ७० करोड

बुधबार रिलिज भएयता हिन्दी फिल्म ‘पठान’ले लगातार कीर्तिमान रचिरहेको छ । बलिउडमा अहिलेसम्मकै धेरै ओपनिङ गरेको फिल्मले बिहीबार भारतको गणतन्त्र दिवसमा ७० करोड भारु कमायो ।

दुई दिनमै फिल्मको कमाइ १२७ करोड भारु पुगेको छ । बुधबार पठानले भारतमा ५५ करोड भारु ओपनिङ गरेको थियो । दुई दिनमै फिल्मले सय करोड भारु कमाउन सक्यो ।

बक्स अफिस इण्डियाका अनुसार दोस्रो दिन फिल्मको कमाइमा उछाल आएको थियो । उक्त वेबसाइटले भनेको छ, ‘पहिलो दिनमा दुईपटक ५० करोडको नेट मार्क तोडेर ७० करोडको नजिक पुग्ने यसअघि कुनै फिल्म छैनन् ।’

शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको प्रमुख भूमिका रहेको फिल्म पूर्णतः एक्सनप्रधान कथावस्तुमा आधारित छ । फिल्ममा सलमान खानको विशेष भूमिका छ ।

प्रदर्शनको तेस्रो दिन शुक्रबार फिल्मको हिन्दी संस्करणको कमाइ १५ करोड भारु हाराहारीमा हुने प्रक्षेपण गरिएको छ । सिद्धार्थ आनन्द निर्देशित फिल्मले भारतसहित विदेशमा समेत राम्रो कमाइ गरिरहेको जनाइएको छ ।

लगातार ठूला फिल्म समेत असफल भइरहेको बलिउडमा पठानको ऐतिहासिक कमाइले बलिउडलाई तत्काल राहत मिलेको अनुमान गरिएको छ । फिल्मले नेपालमा समेत सुरुवाती दुई दिनमा आक्रामक कमाइ गरेको छ ।

सम्बन्धित खवर