कलाकार तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश - Crazysaptahik.com

कलाकार तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

कलाकार तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् शनिबार रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा आयोजित कार्यक्रममा उनी पार्टी प्रवेश गरेकी हुन् ।

गौतमलाई पार्टी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले फूलमालासहित पार्टी प्रवेश गराइन् । उनलाई पार्टी प्रवेश गराएर महत्वपूर्ण जिम्मेवारी दिन लागिएको आंकलन गरिएको छ ।

सो कार्यक्रममा लुम्बिनीबाट राष्ट्रियसभाको माघ २५ गते उपनिर्वाचनमा उम्मेदवार बनेका राजेन्द्रवीर राय पनि पार्टीमा प्रवेश गरेको जनाइएको छ । पार्टी प्रवेशपछि एलिजालाई उपाध्यक्ष बनाउने नागरिक उन्मुक्तिको योजना रहेको चर्चा छ ।

उक्त कार्यक्रममा अन्य व्यक्तिहरुलाई पनि पार्टी प्रवेश गराइएको थियो । पाँचवर्षअघिको फिल्म ‘अनुराग’बाट फिल्ममा डेब्यु गरेकी एलिजाको अर्को फिल्म ‘घुइँचो’ घोषणा भएको थियो तर बन्न सकेको छैन ।

उनले केही म्युजिक भिडियोमा समेत काम गरेकी छन् ।उनी रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाकी श्रीमती हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.