काठमाडौं आएकी सन्नी लियोनीले भनिन्– मलाई नेपाल निकै सुन्दर लाग्छ - Crazysaptahik.com

काठमाडौं आएकी सन्नी लियोनीले भनिन्– मलाई नेपाल निकै सुन्दर लाग्छ

बलिउड अभिनेत्री सन्नी लियोनी यतिबेला नेपालमा छिन् । शनिबार बिहान काठमाडौं आइपुगेकी उनी बेलुका एक कार्यक्रममा सहभागी भइन् । त्यहाँ सन्नीले ‘आई लभ नेपाल’ भन्दै नेपाली प्रशंसकलाई सम्बोधन गरेकी छन् ।

नेपाली फेसन डिजाइनर सरिन बुढाथोकीलगायतले डिजाइन गरेको पहिरन लगाएर उनले आइतबार बिहान भिडियो पोस्ट गरेकी छन् । कारमा अर्का एक व्यक्तिसँग चढेको इमोजी भिडियो पोस्ट गर्दै उनले नेपाली फ्यानलाई अभिवादन गरेकी छन् ।

यो उनको तेस्रो नेपाल भ्रमण हो । यसअघि दुईपटक ब्राण्ड प्रमोसनका लागि उनी आएकी थिइन् । सन्नीले शनिबार सहभागिता जनाएको कार्यक्रमबाट प्राप्त भिडियोमा उनले आफूलाई नेपाल सुन्दर देश लाग्ने र खुबै मन पर्ने समेत बताएकी छन् ।

सन्नीले नेपाली फिल्म ‘पासवर्ड’को एक आइटम गीतमा समेत अभिनय गरेकी थिइन् । नेपाली फेसन डिजाइनर सरिन बुढाथोकीको डिजाइनमा यसअघि पनि सन्नी र उनका पति डेनियल वेभर समेत सजिइसकेका छन् ।

सम्बन्धित खवर