‘पठान’को प्रशंसा गर्दै नेहाले भनिन्– बलिउडमा कि सेक्स बिक्छ कि शाहरुख खान - Crazysaptahik.com

‘पठान’को प्रशंसा गर्दै नेहाले भनिन्– बलिउडमा कि सेक्स बिक्छ कि शाहरुख खान

शाहरुख खानको ‘पठान’ले बक्स अफिसमा एकपछि अर्को रेकर्ड बनाइरहेको छ । जासूस–थ्रिलर फिल्म पठानपछि बलिउडमा ताजा हावा सञ्चार भएको व्याख्या भइरहेको छ ।

शाहरुखका फ्यान यतिबेला उत्सव मनाइरहेका छन् । नहोस् पनि किन, उनलाई मात्र होइन, बलिउडकै समेत यसले उद्धार गरेको छ । बलिउडकर्मीले यतिबेला पठानका निर्माताको प्रशंसा गरिरहेका छन् ।

प्रशंसा ओइरिइरहँदा अभिनेत्री नेहा धुपिया पनि पठान र शाहरुखको प्रशंसामा उत्रिएकी छन् । उनले १९ वर्ष पुरानो एक चर्चित अभिव्यक्तिलाई दोहो¥याउँदै पठानका लागि प्रशंसाका शब्द खर्चिएकी छन् ।

सन् २००४ मा रिलिज भएको आफू अभिनित बोल्ड फिल्म ‘जुली’को बेला समेत धुपियाले ती कुरा बोलेकी थिइन् । नेहाले भनेकी थिइन्, ‘बलिउडमा या सेक्स बिक्छ या शाहरुख खान ।’ त्यतिबेला यो अभिव्यक्ति मिडिया हेडलाइन बनेको थियो ।

शनिबार पठानको बक्स अफिस कलेक्सनको ट्वीटरमा प्रत्युत्तर दिंदै नेहाले ट्वीट गरेकी छन् । प्रयोगकर्ताले नेहालाई ट्याग गर्दै ‘केवल सेक्स र शाहरुख खान बिक्छ । यो कुरा आज पनि उत्तिकै सत्य छ ।’

नेहाले यो ट्वीटमा जवाफ दिंदै लेखेकी छन्, ‘मेरो भनाइ सही नै थियो । यो कुरा अभिनेताको करिअर होइन बरु राजाको शासन हो ।’ नेहाले सन् २००४ मा प्रियांशु चटर्जी र सञ्जय कपुरको फिल्म ‘जुली’ रिलिज हुँदा यस्तो टिप्पणी गरेकी थिइन् ।

उनले फिल्ममा यौनकर्मीको भूमिका निर्वाह गरेकी थिइन् जुन फिल्ममा प्रेमका दृश्य खिचेका कारण चर्चामा आएकी थिइन् । उनले भनेकी थिइन्, ‘जुलीको लभ मेकिङ सीन र शटले मेरो नांगो ब्याक एक्सपोज गर्छ ।

म सेक्स सिम्बोल ट्यागबाट प्रभावित छैन । मल्लिका शेरावत र विपाशा बसुलाई जुलीको रूपमा उजागर गरेर मैले पछाडि छोडेको छु भनेर मानिसले भनेमा मलाई कुनै आपत्ति छैन । आजको जमानामा या त सेक्स बेचिन्छ या शाहरुख खान । त्यसैले म मेरो अर्को पाँच फिल्ममा सेक्स प्रप बन्न चाहन्छु ।’

नेहाले भारतीय गणतन्त्र दिवसको दिन पठान हेरेपछि यस्तो कमेन्ट गरेकी थिइन् । शाहरुखको प्रशंसा गर्दै उनले ट्वीट गरेकी छन्, ‘शाहरुख हामीसँग तपाईंप्रति जति प्रेम छ त्यसलाई वर्णन गर्न गाह्रो पर्छ ।

दीपिका पादुकोणले आफ्नो अभिनयले पर्दामा आगो लगाएकी छन् । जोन अब्राहमले आफ्नो खराब लुक्सलाई यति राम्रो बनाइदिएका छन् । सलमान खान हामी इतिहासकै सबैभन्दा राम्रो केमियो हेर्न फिल्म हलमा पुनः फर्किनेछौं ।’

सम्बन्धित खवर