‘टाइटानिक’को कमाइलाई उछिन्दै ‘अवतार २’, बन्यो धेरै कमाउने चौथो फिल्म - Crazysaptahik.com

‘टाइटानिक’को कमाइलाई उछिन्दै ‘अवतार २’, बन्यो धेरै कमाउने चौथो फिल्म

जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’को गति तत्कालै रोकिने छाँट छैन । रोचक कुरा के छ भने प्रदर्शनको सातौं सप्ताहन्तमा पनि यो फिल्म बक्स अफिसको शीर्षस्थानमा छ ।

यो अवधिसम्म उत्तर अमेरिकामा फिल्मले ६२० मिलियन डलर कमाउँदै विश्वभर २.११७ बिलियन डलर कमाइ गरेको छ । पछिल्लो शुक्रबार मात्रै ‘अवतार २’ अहिलेसम्म धेरै कमाउने चौथो फिल्म बनेको छ । ‘स्टार वार्स : द फोर्स अवेकन्स’ (२.०७१ बिलियन) लाई उछिन्दै यो फिल्म चौथो धेरै कमाउने फिल्म बनेको हो ।

अब भने यो फिल्म विश्वव्यापी टिकट बिक्रीको आधारमा अवतार (२.९२ बिलियन डलर), एभेन्जर्स : एण्डगेम (२.७ बिलियन डलर) र टाइटानिक (२.१९ बिलियन डलर)भन्दा मात्र पछि छ ।

अवतार र टाइटानिक दुवै क्यामरुन निर्देशित फिल्म हुन् । अब टाइटानिकलाई उछिन्ने तयारीमा अवतार २ देखिन्छ । थप आठ मिलियन मात्र कमाउन सके टाइटानिकको कमाइलाई यसले उछिन्नेछ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै निर्देशक क्यामरुनले आफ्ना फिल्महरु रेकर्ड तोड्ने दौडमा हुँदा स्वभाविक रुपमा निर्मातालाई दबाब पर्ने बताएका छन् ।

‘मलाई लाग्छ धेरै निर्मातामा दबाब हुनेछ । सबैभन्दा महत्वपूर्ण कुरा फिल्ममेकर आफ्ना फिल्ममा कसरी वस्तुनिष्ठ हुन सक्छन् भन्ने कुरामा मानिस विरलै कुरा गर्छन्,’ क्यामरुनले भने ।

सम्बन्धित खवर