‘मनसँग मन’ फिल्मको ट्रेलर : वर्षालाई पाउन पुष्पले गर्ने संघर्षको कथा - Crazysaptahik.com

‘मनसँग मन’ फिल्मको ट्रेलर : वर्षालाई पाउन पुष्पले गर्ने संघर्षको कथा

आगामी माघ २७ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मनसँग मन’को ट्रेलर सार्वजनिक भएको छ । प्रेमकथामा आधारित फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ लगायतको प्रमुख भूमिका छ ।

कैलाश राई निर्देशित फिल्मको एक गीतमा पल शाह र पूजा शर्माले नृत्य गरेका छन् । दुई मिनेट लामो ट्रेलरमा पुष्प र वर्षाबीचको प्रेम र त्यसबीचमा आउने खलपात्रसँगको संघर्षलाई चित्रण गरिएको छ ।

संगीतमार्फत ट्रेलरलाई रोमान्टिक तुल्याइएको छ भने वर्षा र पुष्पका चरित्रको केमेस्ट्री आकर्षक देखिएको छ । समग्रमा यो फिल्म प्रेममा आइपर्ने अवरोधको कथा हो । पुष्प एक्सन दृश्यमा पनि प्रस्तुत भएका छन् ।

सौरभ इन्टरटेनमेन्ट एण्ड बलाली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता अरुण तामाङ हुन् । पुष्पको पछिल्लो फिल्म ‘तिम्रो मेरो साथ’ थियो भने वर्षाको आगामी फिल्म ‘परदेशी २’ प्रदर्शनको तयारीमा छ ।

सम्बन्धित खवर