फागुन १९ मै रिलिज होला त ‘परस्त्री’ ? - Crazysaptahik.com

फागुन १९ मै रिलिज होला त ‘परस्त्री’ ?


कलाकार समेत रहेका सुरज पाण्डेको निर्देशनमा बनेको फिल्म हो ‘परस्त्री’ । सुरजको यो निर्देशनमा डेब्यु फिल्म हो । फिल्मको रिलिज मिति १९ फागुन बताइएको छ । यो मितिमा ‘छक्का पन्जा ६’ र ‘छड्के २’ समेत रिलिज हुँदैछन् ।

एकै मितिमा रिलिज हुने ‘छक्का पन्जा ६’ र ‘छड्के २’ले केही प्रचार सामाग्री सार्वजनिक गर्दा पनि ‘परस्त्री’ भने चुपचाप छ । श्रोतलाई पत्याउने हो भने यो फिल्म फागुनमा नआउने भएको छ । फिल्म चैत्रको १२ गते रिलिज गर्ने तयारी भएको छ ।

फागुन १९ मा ‘छक्का पन्जा ४’ र ‘छड्के २’ रिलिज हुने भएपछि ‘परस्त्री’ केही साता सारिन लागेको हो । फिल्मको निर्माता शर्मिला पाण्डे हुन् । पाण्डेले भने फिल्मको रिलिज नसर्ने बताउँदै आएकी छन् ।

शर्मिलाले यस अगाडि ‘आमा’ र ‘चिसो मान्छे’ बनाएकी छन् । निर्देशक सुरज पनि उनकै छोरा हुन् । सामाजिक कथामा राम्रो फिल्म बनाउँदै आएकी शर्मिला ‘परस्त्री’ एकदमै राम्रो बनेको दाबी गर्छिन् ।

फिल्मको लगानी २ करोड बताइन्छ ।फिल्ममा कोशिश क्षेत्री र शिल्पा मास्के मुख्य भूमिकामा छन् ।

सम्बन्धित खवर