रेड कार्पेट फेसन शो को तयारी - Crazysaptahik.com

रेड कार्पेट फेसन शो को तयारी

नजिकिँदै गरेको प्रेमदिवस अर्थात ( भ्यालेन्टाइन डे ) को पूर्वसन्ध्यामा सुनसरीको इटहरीमा रेड कार्पेट फेशन सो आयोजना हुने भएको छ ।यहि माघ २९ अर्थात १२ फेब्रुवारी बेलुका ५ बजेदेखि इटहरी स्थित इम्पेरियल लाउन्जमा सो कार्यक्रम आयोजना हुने भएको हो ।  फेशन शोमा चर्चित फेशन डिजाइनर हरुको ड्रेस डिजाइनमा र्याम्पमा २० मोडलहरुलाई उर्तान लागिएको छ । कार्यक्रमको मुख्य आकर्षणको रूपमा नायिका केकी अधिकारी र बेनिशा हमाल रहने जनाइएको छ ।

फेसन शोमा कल्चरल, क्याजुवल, रेट्रो र भ्यालेनटाइन गरि ४ भिन्न सिस्वेन्जमा मोडलहरुलाई उतार्न लागिएको कार्यक्रमका कोरियोग्राफर एवं मिस्टर इन्टरनेशनल १०१८ का बिजेता साजिद आलमले बताए । फेशन शोमा सांगीतिक कार्यक्रमको साथमा डिजे पार्टी समेत हुने भएको छ ।

डिजे ZYN (रेजिना याख्खा), सुजान्त रेग्मी, सृष्टि श्रेष्ठ र पल लिम्बुको गायन रहने छ । त्यस्तै ड्रेस डिजाइनमा क्लासिक कर्भ र द आउटलेट रहने जनाइएको छ । कार्यक्रम म्यानेजमेन्ट इनोभेटिभ एड एजेन्सीले गर्ने भएको छ भने कार्यक्रमको संयोजन सन्दिप राइले गर्नेछन ।

सम्बन्धित खवर