अञ्जली मेरिङदेन डान्स स्टार - Crazysaptahik.com

अञ्जली मेरिङदेन डान्स स्टार

मेरिङदेन डान्सिङ स्टारको उपाधी अञ्जली लिम्बूले जितेकिछन् । कुन्साङ डान्स सेन्टर ताप्लेजुङले आयोजना गरेको मेरिङदेन डान्स स्टार प्रतियोगितामा सृष्टि लिम्बू दोश्रो भएकिछन् भने नीशा केदेम तेश्रो भईन् । मेरिङदेन गाउँपालिका क्षेत्रमा नृत्य कलाको विकासका लागि गएको मंसिरदेखि प्रतियोगिता सुरु गरिएको कुन्साङ डान्स सेन्टरका प्रोपाईटर पेम्बा लामाले बताउनुभयो ।

विभिन्न चरणबाट उत्कृष्ट ६ जना प्रतियोगिलाई छनौट गरि गत मंगलबार फाईनल प्रतियोगिता सञ्चालन गरिएको थियो । फाईनल प्रतियोगितामा चर्चित गायक तथा ईन्जिनियर विरेन्द्र श्रेष्ठ, डान्स ताप्लेजुङ डान्सका विजेता एलिना गुरुङ लगायतका कलाकार उपस्थित थिए ।

कलाकारिताको क्षेत्रबाट समेत जिल्लाको पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने उद्धेश्यले यस प्रकारको प्रतियोगिता आयोजना गरिएको र आगामी दिनमा अन्य गाउँपालिकामा समेत नृत्य प्रतियोगिता सञ्चालन गरिने कुन्साङ डान्स सेन्टरका प्रोपाईटर पेम्बा लामाको भनाई छ ।

सम्बन्धित खवर