'पुरानो बुलेट'को फस्ट लुकमा सार्वजानिक अनुप, वर्षा र मालाको लुक्स - Crazysaptahik.com

‘पुरानो बुलेट’को फस्ट लुकमा सार्वजानिक अनुप, वर्षा र मालाको लुक्स

चलचित्र ‘पुरानो बुलेट’को फस्टलुक सार्वजानिक गरिएको छ । सार्वजनिक गरिएकाे पोस्टरमा मुख्य कलाकार अनुपबिक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बु फिचर छन् । सार्वजनिक पोस्टरमा मुख्य कलाकार अनुपबिक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बु फिचर छन् । पात्रहरुको चरित्र चित्रणसहित सार्वजनिक पोस्टरमा अनुप लामो कपाल, त्यसमाथी रुमाल अनि जिन्स ज्याकेटमा देखिएका छन् । एक पोस्टरमा बुलेटमा अनुप फिचर छन् ।

फस्टलुकमा बर्षालाई गाउँले भेषमा देखाइएको छ भने मालालाई बोल्ड भूमिकामा देखाइएको छ । चलचित्रमा अनुप र बर्षा गाउँले भूमिकामा देखिएका छन् भने मालालाई शहरिया यूवतीको भूमिकामा देखाइएको छ । चलचित्रको कथा, पटकथा तथा लेखन भीषण राई र सन्तोष राइले गरेका हुन् । सन्तोष यस चलचित्रका कार्यकारी निर्माता समेत रहेका छन् ।

अनुप बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनय रहेकाे चलचित्र ‘पुरानो बुलेट’यहि फेब्रुअरी २३ तारिखमा हङकङमा वर्ल्ड प्रिमियर हुँदैछ ।

सम्बन्धित खवर