मिस पथरीशनिश्चरे हुने - Crazysaptahik.com

मिस पथरीशनिश्चरे हुने

भूमिप्रसाद पाठक

मोरङको पथरीशनिश्चरेमा प्रथम सुन्दरी प्रतियोगिता हुनेभएको छ । विहिबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी माघ–२४ गते ‘मिस पथरीशनिश्चरे’ हुने जानकारी दिएको हो । स्थानीय स्तरलाई प्रवद्र्धन गर्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको माउण्ट एभरेष्ट इन्टरटेन्मेन्टका संयोजक छत्र राई(सन्तोष) ले बताए । यस सुन्दरी प्रतियोगिताको उद्देश्यमा बोल्दै आयोजकका सदस्य टेकेन्द्र लिवाङ्ले पथरीका लागि नयाँ कुरा थपेको उनले स्पष्ट पारे । त्यसैगरी सन्दीप राईले, पथरीबाट राम्रो कलाकार निकाल्न खोजेको कार्यक्रममा बताए ।

‘रातो गलबन्दी’ फिल्मका निर्माता तथा कार्यक्रमका मुख्य प्रायोजक हिमाल कडरियाले ‘एउटा राम्रो कलाकार बन्ने र उत्पादन राम्रो होस’ भन्ने धारणा राखे । यसले मिस पथरीशनिश्चरे चिनाउन मद्दत गर्ने उनले बताए ।  मिस पथरीशनिश्चरे प्रथमलाई ७५ हजार फस्ट रनरअपलाई ५० हजार र सेकेन्ड रनरअपलाई २५ हजार दिने कार्यक्रमका आयोजक मध्येका सुमन कुरुङमाङ् लिम्वुले जानकारी दिए । २५ दिनसम्म चल्ने सो कार्यक्रमका ८ वटा विधामा क्रमशः फोटोजिनिक फेस, व्यक्तित्व विकास, मिस क्याटवर्क, वेस्ट फिगर, बेस्ट पव्लिक च्वाइस स्माइल हेयर स्टाइल ट्यालेन्ट जस्ता विधामा ८ हजारका दरले पुरस्कार समेत दिने घोषणा गरिएको छ । १४ लाख भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । मुख्य प्रायोजक र सह–प्रायोजक रहने कुरा कार्यक्रममा जानकारी गरियो । सिल्भर इन्टरटेन्टमेन्टले समेत कार्यक्रलाई सहयोग गर्ने योजना रहेको छ । चैत्र १ गतेबाट अडिसन गर्ने र नयाँ बर्षमा फाइनल गर्ने २५ दिनको तालिम हुने समेत पत्रार सम्मेलनमा जानकारी दिइएको थियो ।

सम्बन्धित खवर