राजको रफ्तार - Crazysaptahik.com

राजको रफ्तार

राजकुमारी तामाङ

सम्पत्तिले हैन
मानिस धनी धनले हैन
मानिस धनी प्रतिभाले हुन्छ
मानिस धनी कला र गलाले हुन्छ ।
पक्कै पनि यी हरफहरुले प्रमाणित गर्छन् पथरीका नव गायक राजको गायनले । भनिन्छ ईश्वरले जो कोही व्यक्तिलाई केही न केही कुरा उपहार नै दिएको हुन्छ । तर, मानिसले त्यसलाई पहिचान गर्न आवश्यक छ फरक यति नै हो कि ? कसैले बाल्यवस्थामै पहिचान गर्छन् भने कोहीले अलि ठूलो भएर मात्र पहिचान गर्छन् । तर पथरीका राजले भने आफनो बाल्यकालमै आफूलाई गायन विधामा निखारपन बनाउन तर्फ लागे ।

बुबा राजन लोहार र आमा कौशिला लोहारको कोखबाट २०५६ साल भदौ महिनाको १३ गते मोरङको पथरीशनिश्चरेमा जन्म भएका राज लोहार अहिले उदयीमान गायकको रुपमा चर्चीत बन्न खोज्दै छन् । पप, आधुनिक, हिन्दी, लोक गीत दुरुस्तै गाउन सक्ने जुनसुकै गीतलाई पनि मिठासपूर्ण बनाउन सक्ने खुबी छ उनमा । उनले अहिले १८ वर्षको उमेरमा नै थुपै्र रियालिटी सोहरुमा भाग लिई सकेका र स्कुल स्कुलमा थुप्रै गायन प्रतियोगितामा प्रथम भईसकेका राजको फ्यानहरु पनि निकै बनाइसकेका छन् । उनले गत वर्षमा सुरसाला जुनियर आईडलमा टप ६ सम्म पर्न सफल भएका थिए । उनी यसलाई पनि ठूलै उपलब्धिका रुपमा मान्छन । हाल पथरीकै पञ्चायत माविमा कक्षा–१० मा अध्ययन गर्दै गरेका उनी आफूलाई गायन सँगसगै आफनो रुचिमा फुटबल खेल्न माहिर छन् उनी । आउँदै गरेको एस ईईको तयारी गर्दै घर परिवार, संगीत कक्षा पनि सँगसगै लिदै गरेको भेटमा सुनाए । विभिन्न मिडियामा अन्तरवार्ताको लागि समय कसरी व्यवस्थापन गर्नुहुन्छ भन्दा उनी यसो भन्छन् ‘घरमा हाम्रो ४ जनाको परिवार छ तर अहिले बुबा चाहिँ अहिले वैदेशिक रोजगारमा हुनुहुन्छ म, बहिनी, आमा र हजुरआमासँग बस्छु । म आफनो समय बिहान कोचिङ् कक्षा जान्छु दिउँसो स्कुल जान्छु र बेलुका सँगित कक्षा जान्छु अनि राती गृहकार्य गर्छु ।’

सानैदेखि गायक बन्ने सपना बोकेका राजको मनपर्ने गायक उदितनारायण झा, प्रमोद खरेल र गायिका अञ्जु पन्त रहेको बताउछन् । उनले आफूलाई ‘चौबन्दीमा छिटको गुन्यू बोलको गीत …..’ ‘मबिना कसै कसैलाई मुस्किल छ पोखरामा…..’ लगायत गीत अति नै मन पर्ने बताउँछन् उनी । आफ्नो पे्ररणाको स्रोत बुबालाई मान्छन । राजले आफनो गुरुकुल ओसियन संगीतालय र गुरुको रुपमा अनिल फागु र अर्जुन सेञ्चुरी रहेको बताए ।
राजको धैरै साथी छन् त्यसमा पनि राजलाई कस्तो साथी मन पर्छ भन्ने प्रश्नमा उनले हल्का लजाउँदै आफूलाई दुःख सुखमा साथ दिने साथी मन पर्ने बताउँछन् ।

उनको मुख्य कुरा त के छ भने उनी नेपाल आईडल सिजन – ३ मा सहभागी हुन जादैँछन् । अहिले उनको यही कुराले चारैतिर चर्चा छाइरहेको छ । अझ रमाईलो कुरा त के छ भने उनले नेपाल आईडल सिजन –२ चलिरहँदा देखि नै आफू सिजन–३ मा जाने पक्का मनसुवा साथ गीत समेत छनौट गरी अभ्यास गरिरहेका छन् । नयाँ नयाँ गीत पनि तयारी गर्दैछन् उनी संगीत आफनो जीवन रहेको र यसबाट जिउन थालेको र यसलाई अर्थाउन र सिक्न थालेको २ वर्ष भन्दा बढी भइसकेको बताउँछन् । उनले नेपाल आईडल सिजन– ३ मा आफूलाई फाईनल प्रतिस्पर्धीको रुपमा हेरेको बताउछन् । अन्त्यमा उनी भन्छन् ‘दुःखमा आतिनु हुन्न सुखमा मातिनु हुन्न मैले जीवनको भोगाइबाट यही कुरा सिकेको छु, म कहिले हार मान्ने छैन निरन्तर प्रयास गर्नेछु हरेक हारपछि नै त जित होला नि, एक दिन म जितेरै देखाउनेछु’ यस्तै दृढ लक्ष्य र सङ्कल्प बोकेका राजलाई साथीभाइ, परिवार, शिक्षकले झै भगवानले पनि सदैव साथ दिउन् ।

सम्बन्धित खवर