एकल गायनमा खेमनारायण - Crazysaptahik.com

एकल गायनमा खेमनारायण

– भूमिप्रसाद पाठक

कर्णप्रिय स्वरका धनी खेमनारायण सुब्बाको परिचय त्यति नौलो होइन । उनको जन्म सन् १९४५ मा भारत देशको दार्जिलिङ जिल्लाको बिजन
बारीमा भएको थियो । पिता स्व. अमरध्वज सुब्बा र माता स्व. धनमायाका कान्छा  छोराका रुपमा जन्मिएका थिए । बिजनबारीमा नै बाल्यकाल बिताएका उनले त्यहाँका उकाली–ओराली दुःखका कहर काटेका थिए । सानै उमेरबाट गीत गाउन हुरुक्क हुने उनको स्वभाव थियो । साथीभाइ माझ गीत सुनाउने–गाउने गरेकाले उनी सानै उमेरबाट गीत–संगीततर्फ आकर्षित बन्दै गएका हुन् । गायन विधामा आफ्नो कला र गलालाई निखार्दै लगेका हुन् ।

औपचारिक शिक्षाका रुपमा बीए पास र सङ्गीतमा स्नातक गरेका छन् । स्कुल पढ्दादेखि नै विभिन्न साङ्गितीक कार्यक्रममा भाग लिएर पुरस्कार पाउँदा हौसला बढेको स्मरण गर्दै सुनाउँछन । धेरै लामो समयको साधना पश्चात् गीत–संगीतमा रमाउने सुब्बाभित्र रहेको प्रतिभालाई बाहिर देखाउन उनले सन् २००० मा ‘संघार बाहिर’ एल्बम बजारमा ल्याएका हुन । त्यसरीनै, सन् २००२ मा ‘आफ्नै भाका एल्बम’ निकालेर उनले प्रसिद्धी कमाइसकेका छन । गायन विधामा अभ्यास र साधना चाहिन्छ नै, सन् २०१६ मा ‘सन्चयन’ अडियो एल्बम निकालेर सन् २०१६ मा त्यस एल्बमका ७ वटा गीतहरु छायाँकन गरिएको उनले भेटमा सुनाए । एउटा गीत बिबि मुरिलाङ्को शब्द रहेको छ, भने सङ्गीत÷स्वर सुब्बाले नै गरेका हुन् । गायन पेशालाई अंगालेर हिँडेका उनी करिब ३ बर्ष देखि गायन क्षेत्रमा आफ्नो समय खर्चिएको भेट्मा सुनाउन भ्याए । प्रत्येक शुक्रबार ‘दमक कागबेनी थकाली घर’ गीत–गजल साँझमा आफ्ना गीतहरु पस्किसकेको उनले बताए ।

करिब ५ सयभन्दा बढी संस्थागत÷सामुदायिक विद्यालयमा साङ्गीतिक कार्यक्रम गर्दै हिँडेका उनी एकल गायनमा खुबै रमाउने गरेको उनले स्पष्ट पारे । उनको ‘साङ्गीतिक–यात्रा’ नेपालका विभिन्न ठाउँहरु भारतको सिक्किम, गान्टोक र दार्जिलिङ्मा गर्दै आएको स्मरण गर्दै सुनाए । हाल झापा जिल्लाको कमल गाउँपालिका–४ इम्बुङ्गे टोललाई कर्मथलो बनाएका उनी गीत गायन र सङ्गीतप्रति कर्मठ, जागरिला र मिठास स्वरका धनी जुनसुकै गायकका गीत पनि उत्तिकै टिपेर गाउन सक्ने अब्बल गायकका रुपमा आफूलाई सावित गरिसकेका छन् । एकल गायनको क्रममा
मोरङको पथरीशनिश्चरे–१० मा रहेको श्री के.वी. मेमोरियल अंग्रेजी हाई स्कुलको हाताभित्र भेटिएका उनी एकल गायनमा विद्यार्थीहरुलाई कम्मर मर्काई–मर्काई नचाउन भ्याए । उनले आफ्ना गीतमा विद्यार्थीहरुलाई मन्त्रमुग्ध गर्न भ्याएका थिए ।

नेपालमा गायकको भविष्य राम्रो देखेको र त्यसमा निरन्तरता दिंदा भविष्य निकै राम्रो भने हुने अर्थाए । नेपालमा गायन विधालाई राष्ट्रिय मिडियाले धेरै माथिसम्म पु¥याएको र उर्जा थपेको र मिडियाले गर्दा आफू निकै लोकप्रिय भएको उनको भनाइ छ । अहिले उनले एकल गायन सुरु गरेको तीन वर्ष भयो, हाँस्दै सुनाए । भारतमा जन्मिएर नेपाललाई माया गर्ने सुब्बा नेपालमा गायकको भविष्य निकै राम्रो रहेको बताउँछन् ।

सम्बन्धित खवर