प्रमोदको ‘यो कुरा गोप्य’ सार्वजनिक - Crazysaptahik.com

प्रमोदको ‘यो कुरा गोप्य’ सार्वजनिक

गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार गायक प्रमोदकै अफिसियल युट्युब च्यानलबाट ‘यो कुरा गोप्य’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा आशिष अविरलको संगीत तथा एक नारायण भण्डारीको शब्द सुन्न सकिन्छ । गीतको एरेन्ज अविरलले नै गरेका हुन् ।

‘यो कुरा गोप्य’ निकै रमाइलो र डान्सिङ गीत भएको प्रमोदले बताए । उनले भने, ‘हामीले यस गीतलाई पूर्ण रुपमा डान्सिङ फ्लेवरमा तयार पारेका छौँ । गीतको भिडियोलाई हामीले फरक तरिकाले बनाएका छौँ । शब्द तथा संगीतको हिसाबमा पनि निकै राम्रो भएको छ ।’ प्रमोद यस गीतले दर्शक/श्रोताको मन जित्नेमा विश्वस्त छन् ।
https://www.youtube.com/watch?v=xy1gicNITfs

सम्बन्धित खवर