चीनमा हजारौँ गधा किन पठाउँदैछ पाकिस्तान ? - Crazysaptahik.com

चीनमा हजारौँ गधा किन पठाउँदैछ पाकिस्तान ?

दुनियामा सबैभन्दा धेरै गधा भएको देशको तेश्रो नम्बरमा छिमेकी मुलुक पाकिस्तान रहेको छ । आफूसँग भएका लाखौँको संख्याका गधालाई अब पाकिस्तानले आफ्नो कूटनीतिक तथा आर्थिक लाभका लागि प्रयोग गर्दैछ ।

झण्डै ५० लाख गधा भएको देश पाकिस्तानले विश्वमा सबैभन्दा धेरै गधा भएको देश चीनलाई हजारौँ गधा बेच्ने भएको छ । पछिल्लो समय आर्थिक संकटबाट गुजि्ररहेको पाकिस्तानका लागि चीनले केही हप्तअघि मात्र करोडौँ रुपैयाँ बराबरको ऋण प्रदान गर्ने घोषणा गरेको थियो । सोही ऋण रकमको बदलामा पाकिस्तानले अब गधालाई चीन पठाउनेछ । पाकिस्तानमा अबका वर्षहरुमा हजारौँको संख्यामा चीनमा गधा निर्यात गर्नेछ ।

चीनमा गधालाई विशेष जनावर मानिन्छ । किनकी परम्परागत चिनिया औषधि बनाउनका लागि गधाको प्रयोग गरिन्छ । गधाको छालाबाट बनाउने जिलेटिनमा औषधिय गुण हुन्छ । त्यसले मानिसको रगत तथा रोग प्रतिरोधी क्षमता बढाउने काम गर्दछ । पाकिस्तानको खैबर पख्तुनख्वाका एक अधिकारीका अनुसार चिनिया कम्पनीहरु पाकिस्तानमा गधापालन गर्नका लागि लगानी गर्न इच्छुक छन् । मिडिया रिपोर्ट अनुसार विदेशी कम्पनीहरु पार्कितानमा गधा पालनमै करोडौँ रुपैयाँ लगानी गर्न सक्दछन् । पाकिस्तानको निर्यात बढाउनका लागि त्यहाँको पशु विभागले पहिलोपटक गधाको विशेष फार्म सुरु गर्दैछ । डेरा इस्मायल खान र मनसेहरामा विदेशी लगानी समेतको साझेदारीमा गधापालन सुरु हुनेछ । पहिलो ३ वर्षमा सरकारले करीब ८० हजार गधाको निर्यात गर्ने योजना बनाएको छ ।

एजेन्सी

सम्बन्धित खवर