८ लाख भारुमा बेचियो सलमान खानलाई - Crazysaptahik.com

८ लाख भारुमा बेचियो सलमान खानलाई


क्रेजी साप्ताहिक
आज मुसलमानहरुको महान पर्व इद । आजको दिनमा मुसलमान धर्म मान्नेहरुले केही न केही बलि चढाउँछन् । मुसलमान धर्मग्रन्थअनुसार पगेम्बर इब्राहिमले हल्लाहको आदेशमा आफ्ना छोरालाई बलिदान दिएका थिए । वर्तमान विश्वमा आफ्ना सन्तानलाई कसैले बलि दिँदैनन् । त्यसैले मानिसहरु बाख्रा, खसीलाई अल्लाहको नाममा बलि चढाउने गर्दछन्अल्लाहको नाममा बलि चढाउनु पर्ने भएपछि धेरै बाख्रा तथा खसीहरु बेचबिखनका लागि बजारमा राख्ने गरिन्छ ।

यसै सिलसिलामा भारतमा एक बाख्रा बेच्न राखिएको थियो । रोचक विषय के भने त्यस बाख्राको नाम सलमान खान राखिएको थियो । सलमान खान भारतको सुपरस्टार हुन् । बाख्राको नाम पनि सलमान खान भएपछि यसले भारतमा लोकप्रियता पायो । उक्त बाख्राको मूल्य ८ लाख भारु तोरिएको थियो । त्यस बाख्रालाई उत्तर प्रदेशको गोरखपुरमा बेच्न राखिएको थियो । सलमान खान यतिबेला ८ लाखमा विक्रि भएको बताइएको छ । एएनआइका अनुसार उक्त बाख्राका मालिकले आफ्ना बाख्रा सलमान खान जत्तिकै ह्यान्डस्म र बलियो भएको बताएका थिए । उक्त बाख्राको तौल ९५ देखि सय केजीको भएको बताइएको छ ।

सम्बन्धित खवर