कोरोना बारे यस्तो थियो फ्रान्सका भविष्यवक्ताको भविष्यवाणी - Crazysaptahik.com

कोरोना बारे यस्तो थियो फ्रान्सका भविष्यवक्ताको भविष्यवाणी


क्रेजी साप्ताहिक
एजेन्सी । कोरोना भाईरस सम्बन्धी फ्रान्सका भविष्यवक्ता नास्त्रेदामसले भविष्यवाणी गरेको खुलेको छ । नास्त्रेदामसले ४६५ वर्ष पहिले आफ्नो भविष्यवाणीको पुस्तक ‘सेञ्चुरिज’मा लगभग ९५० वटा भविष्यवाणी गरेका छन् । उनका ति भविष्यवाणीलाई लिएर अहिले बिभिन्न विचार विश्लेषण भइरहेका छन् । तिनै नास्त्रेदामसको भविष्यवाणी अहिले चीनको वुहानमा फैलिएको महामारी संग मिल्न गएको भन्दै सामाजिक संजालमा तर्क बितर्क बढेको छ ।

केहि मानिसहले भने उनको भविष्यवाणी पुस्तकको छन्द २ः५३ मा समुन्द्र नजिकको एक शहरमा एक ठूलो महामारी फैलिन्छ र जसबाट लाखौँ मानिसहरु मर्दछन् । नास्त्रेदोमसले बताए अनुसार उक्त शहर चीनको वुहान नै हो भन्न थालेका छन् । उनले जहाँ समुन्द्र जीवको कारोबार हुन्छ, त्यहिँबाट एउटा महाममारी फैलिने भविष्यवाणी गरेका थिए । नभन्दै वुहानको पशु बजारबाटै कोरोना फैलिएको थियो ।

लण्डन स्कूल अफ हाइजीन् एण्ड मेडिसिनले आफ्नो रिपोर्टमा वुहानमा कोरोना संक्रमित मानिसहरुको संख्या यसै प्रकारले फैलिँदै जाने र शहरका ५ प्रतिशत अर्थात् ५ लाख मानिसहरुको त्यसको संक्रमणबाट मृत्यु हुने बताएको छ । वुहानमा समुन्द्री वीवहरुको व्यापार गर्ने गरिन्थ्यो । नास्त्रेदामसले आफ्नो भविष्यवाणी पुस्तकमा तुफान,महामारी र युद्धका कारण लाखौँ मानिसहरु मर्ने कुरा लेखेका छन् ।

सम्बन्धित खवर