चलचित्र 'पुरानो बुलेट'को ट्रेलर (भिडियो) - Crazysaptahik.com

चलचित्र ‘पुरानो बुलेट’को ट्रेलर (भिडियो)

नेपाली फिल्म ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म मा अनुपविक्रम शाहीले दुई अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बुसँग रोमान्स गरेका छन् । ट्रेलरमा अनुपलाई ‘बुलेट राजा’ र वर्षालाई ‘बुलेट रानी’ को रुपमा परिचित गराउन खोजिएको छ । फिल्म लाई भिषण राईले निर्देशन गरेका हुन् ।


फिल्ममा अनुप, बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायत लिड अभिनयमा छन् । फिल्मको कथा तथा पटकथा लेखनमा सन्तोष राई र निर्देशक भीषण राईले साझेदारी गरेका छन् । सन्तोष यो फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म ‘पुरानो बुलेट’ मा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् । फिल्म चैत १ गते रिलिज हुँदैछ भने हङकङमा वल्र्ड प्रिमियर फागुन ११ गते हुँदैछ ।

सम्बन्धित खवर