प्रतापले मच्चाए धुम - Crazysaptahik.com

प्रतापले मच्चाए धुम

– भूमिप्रसाद पाठक

मोरङको पथरीशनिश्चरे–२ मा अवस्थित सिनभिलेज पार्टीप्यालेसमा गत शनिवार साङ्गितीक कार्यक्रम सम्पन्न भएको छ ।
पथरी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो रिदमको आयोजनामा मुख्य आकर्षक बने नेपाल आइडलका फाइनलिष्ट प्रताप दास । ‘मलाइ माफ गरिदेउ…’ बोलको गीतबाट गायन सुरुवात गरेका दासले दर्शकहरुलाई मन्त्रमुग्ध गर्न भ्याए । अनुराग चलचित्रको ‘स्वरमा स्वर….’, ‘मोटरसाइकलमा…..’, ‘तालको पानी….’, ‘सोल्टी….’ जस्ता गीतमा दर्शहरुलाई भरपूर आनन्द र मनोरञ्जन दिएका थिए ।

उनका गीतमा दर्शकहरुले नाँचेर साथ दिए । हाँस्यव्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ले ‘रावण आयो बुलेटमा…’ बोलको गीतबाट गायन सुरु गर्दै, ‘बाँके–बर्दिया…..’, ‘तेरो बाउ थोते……’, ‘साली कमला…’, ‘ए बा किन्देउन भट्भटे…’ जस्ता चर्चित गीत–गाउँदै गीतसंगीतका पारखी माझ दर्शकहरुलाई झुमाए ।
यसैगरी राष्ट्रिय स्तरमा नाम कहलाएका गायक समीर विकले आफ्ना चर्चित गीत ‘प्रिय तिम्ले माया मा¥यौं नि……..’ ‘कान्छीको अल्लारे जोवान….’ र शिव परियारको चर्चित गीत ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले….’ जस्ता गीत बेजोड ढंगले पस्किएका थिए । त्यसरी नै, सुरशाला आइडलको उत्कृष्ठ–६ मा पर्न सफल यस नगरकै उदयीमान गायक राज लोहारले उत्कृष्ट प्रस्तुति दिएका थिए । उनी पञ्चायत माविमा कक्षा–१० मा अध्ययनरत छन् । कार्यक्रममा नगरपालिका प्रमुख विशिष्ट अतिथिका रुपमा बोल्दै–यस्ता कार्यक्रमले नगरमा प्रवद्र्धन बढ्ने बताए ।

नृत्यमा उर्लाबारी रोजी डान्स सेन्टरका विद्यार्थीले उत्कृष्ट र आकर्षक नृत्य पस्केका थिए भने अन्नपूर्ण बोर्डिङ स्कुलको प्रस्तुति पनि कम दमदार थिएन । २ सयदेखि १ हजार सम्मको टिकट बिक्री भएको कार्यक्रममा संकलित केही रकमले आवश्यकता अनुसार गरिब परिवारलाई सहयोग गर्ने योजना रहेको सोही कार्यक्रमकी संयोजक मनु खड्काले जानकारी दिइन् ।

सम्बन्धित खवर