फिपराजको ‘फस्ट लभ..’ युट्युवमा - Crazysaptahik.com

फिपराजको ‘फस्ट लभ..’ युट्युवमा

भ्यू टावर युट्युव च्यानलमा ‘फस्ट लभ’ सार्वजनिक गरिएको छ । शनिबार राति नेपाली लभ स्टोरी सर्ट मुभि ‘फस्ट लभ’ सार्वजनिक भएको हो । ८ मिनेट ३६ सेकन्डको कथालाई फिपराज बेघाले लेखन तथा निर्देशन गरेका हुन् ।

मुभिमा मदन बेघा, रोजिना धिमाल, सुजना घिमिरे र प्रेम केडी भट्टराईले अभिनय गरेका छन् । पथरीको शान्ति सिमसार, साङ्गा छयोइलिङ गुम्बामा दृश्यलाई मुहासिंह थापामगरले छायाङ्कन गरेर सम्पादन गरेका हुन् । दुई जनाको प्रेम कथालाई मुभिमा देखाउन खोजिएको निर्माण पक्षले भ्यू टावरले जनाएको छ ।

हेर्नुहोस् भिडियो :

सम्बन्धित खवर