साराको स्पष्टीकरण कार्तिक र म प्रेममा छैनौँ - Crazysaptahik.com

साराको स्पष्टीकरण कार्तिक र म प्रेममा छैनौँ

क्रेजी साप्ताहिक । नायक कार्तिक आर्यन र नायिका सारा अलि खानलाई लिएर धेरै गसिपहरु बन्ने गरेका छन् । उनीहरु एक(अर्काको प्रेममा रहेका समाचारहरु पनि बाहिरिएका थिए । उनीहरुले चलचित्र ‘लभ आजकल’मा एकसाथ काम गरेपछि उनीहरुको प्रेम चर्चा सुरु भएको हो । तर, नायिका साराले उक्त कुरालाई अस्विकार गरेकी छन् । कार्तिक र आफू प्रेममा नभएको उनले मिडियामा बताएकी छिन् ।

उनले भनेकी छन्, ‘कार्तिक र म चलचित्रमा डेट गरेका छौँ । तर, रियल लाइफमा हामी साथी मात्रै हौँ । हामीहरु बीच प्रेम भएको छैन । साराले करिअरको सुरुवाती दिनदेखि नै आफूलाई कार्तिक निकै मन पर्ने र ऊसँग डेट गर्ने मन भएको बताउँदै आएकी थिइन् । सोही कुरा चलचित्र लभ आजकलको छायांकनमा देखियो ।

उनीहरुलाई धेरै पटक एकसाथ देखिएको थियो । कार्तिक सारालाई छोड्न एअरपोर्टसम्म पनि पुगेका थिए ।तर, केही समय अगाडि उनीहरुबीच विवाद सृजना भएको थियो । जसको कारण उनीहरु एक(अर्कासँग टाढिए ।

कार्तिक सारासँगको प्रेमको विषयमा बोल्न नै चाहार्दैनन् । सारासँग नाम जोडिनुपूर्व नायिका आनन्या पाण्डेको प्रेममा थिए कार्तिक । अहिले सारासँगको विवादपछि कार्तिक आनन्यासँग नै नजिक भएका छन् ।

सम्बन्धित खवर