क्रेजी साप्ताहिक । गायक प्रमोद खरेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । उनले आफूले गर्ने हरेक सांगीतिक कार्यक्रमबाट लिएको पारिश्रमिकबाट ५ हजार १ सय ११ रुपैयाँ रंगशाला निर्माणको लागि सहयोग गर्ने बताएका छन् । हरेक १ वर्षसम्म उनले निरन्तर सहयोग गर्ने बताएका छन् । गायक प्रमोद खरेलले फेसबुकमा एक स्टाटस पोष्ट गर्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले लेखेका छन्, ‘२०७६ माघ १७ देखि २०७७ माघ १७ भित्र गर्ने कुनै पनि सांगीतिक कार्यक्रमबाट लिने पारिश्रमिकमा हरेक कार्यक्रमबाट ५ हजार १ सय ११ रुपैयाँको दरले रंगशाला निर्माणमा सहयोग प्रदान गर्नेछु ।’ उनले जनस्तरबाट निर्माण भइरहेको यस रंगशालाको लागि हातेमालो गर्न जरुरी भएको बताएका छन् । उनले थोपा थोपा मिले अवश्य सागर बन्ने उल्लेख गरेका छन् । गायक प्रमोद खरेल संगीतिक कार्यक्रममा निकै व्यस्त हुने कलाकारमा पर्छन् । उनको यो सहयोग रंगशाला निर्माणको लागि राम्रै सहयोग हुने अनुमान गरिएको छ ।