गजल : प्रणय - Crazysaptahik.com

गजल : प्रणय


– तारा लाओती लिम्बु

माया–प्रेम देखाउन प्रणय दिवसको सेट नै हुनु जरूरी छैन ।
माया– प्रेम प्रष्टाउन प्रेम दिवसमा भेट नै हुनु जरूरी छैन ।

चोखो–प्रेम त निस्पाप दुई शुद्ध अन्तर– हृदय मिली हुने हो ।
प्रेम–भाव सजाउन क्षणिक संजालमा नेट नै हुनु जरूरी छैन ।

गाँढा माया त दुई निश्चल आत्माको मिलन भएर हुने हो ।
माया–स्नेह दर्शाउन कृतिम फूलैफूलको गेट नै हुनु जरूरी छैन ।

अटुट–माया त दुई आत्माको निर्दोष भाषा मिलेर हुने हो ।
प्रेम–स्पर्श दिलाउन नम्बरी सुनको क्रेट नै हुनु जरूरी छैन ।

अमर–प्रेम त प्रेमिल जोडी निस्वार्थ निर्मल सत्य रही हुने हो ।
साँचो माया टिकाउन बहुमूल्य हिराको रेट नै हुनु जरूरी छैन ।

– पथरीशनिश्चरे–१, बिशाल मार्ग चौक, मोरङ

सम्बन्धित खवर