रोश्नी प्रदेश स्तरीय वाई वाई एस.ई.ई.आइडलको फाइनलमा, भोट गर्न अपिल - Crazysaptahik.com

रोश्नी प्रदेश स्तरीय वाई वाई एस.ई.ई.आइडलको फाइनलमा, भोट गर्न अपिल

क्रेजी संवाददाता
पथरी । मोरङ पथरी शनिश्चरेकी रोश्मी गुरुङ सांगीतिक क्षेत्रमा एक उदयीमान गायिका हुन् । सानै उमेरमा उनले पथरी शनिश्चरे नगरपालिकाको आयोजना भएको ‘प्रतिभा पहिचान अन्तर स्कुल गायन प्रतियोगिता’को सिनियरतर्फको उपाधि आफ्नो पोल्टामा पारिसकेकी छिन् ।
यसैगरी पुनः अर्काे उपाधि हत्याउने ध्याउन्नमा छिन् रोश्नी । फाक्ताङलुङ मिडिया हाउस प्रा.लि. को आयोजनामा ‘शिक्षाका लागि संगीत’ प्रदेश नं. १ स्तरीय वाई वाई एस.ई.ई. आइडल सिंगिङको फाइनलमा प्रवेश गरेकी छिन् ।
एभरेष्ट आमावि पथरीबाट भर्खरै एस.ई.ई. को परीक्षा दिएर सो प्रतियोगितामा उपाधि आफ्नो पक्षमा पार्ने दृढताका साथ अर्काे इतिहास बनाउने सुरमा रहेकी छिन् सुरिलो आवाजकी धनी रोशनी ।
वाई वाई एस.ई.ई.आइडल सिंगिङको फाइनल यही असार ६ गते धरानको चुम्लुङ हिममा सम्पन्न हुँदैछ । अहिले त्यही फिनालेको तयारीमा छिन् रोश्नी ।
रोश्नी भन्छिन् –‘नमस्कार म रोश्नी गुरुङ । म वाई वाई एस.ई.ई. आइडलको फाइनलमा प्रवेश गरेकी छु । मलाई अत्यधिक भोट गरी विजयी गराउन हुन सम्पूर्णमा अनुरोध गर्दछु ।’
रोश्नीको कन्टेस्टेन्ड नं. रहेको छ एस–०८ र स्क्यान गरी भोट गर्न सकिनेछ । रोश्नीको गायिकीपनको विषयमा एभरेष्ट आमाविका संगीत शिक्षक अर्जुन सेन्चुरी भन्छन्–‘रोश्नी गायनमा निक्कै राम्रो दख्खल राख्ने छात्रा हुन्, उनी जुनै जनराको गीत पनि जमेर गाउन सक्ने क्षमता राख्छिन् । वाई वाई एस.ई.ई.को फाइनलमा निक्कै कडा मेहनतका आफ्नो प्रस्तुतिको तयारी गरिरहेकी छिन् ।’

सम्बन्धित खवर