क्रेजी साप्ताहिक । नायक आकाश श्रेष्ठको नाम नायिका पूजा शर्मासँग जोडिने गर्छ । आकाश र पूजा एक(अर्काको प्रेममा रहेको गसिपहरु मिडियामा आइरहेको हुन्छ । निरन्तर चलचित्रमा काम गरिरहेकाले पनि पूजा र आकाशलाई रियल जोडी ठान्नेहरु धेरै छन् । फ्यानहरुले पनि उनीहरुलाई जोडी कै रुपमा हेर्न चाहान्छन् ।
तर, उनीहरु भने यस कुरालाई नकार्दै आइरहेका छन् । हिजो शुक्रबार मात्रै भ्यालेनटाइन्स डे सकिएको छ । आकाशको भ्यालेनटाइन भने निकै बोरिङ बन्यो । आफु सिंगल नै भएकाले भ्यालेनटाइन बोरिङ बनेको आकाश बताउँछन् । भ्यालेनटाइन डेमा दिनभर घरमै बसे, आकाश । उनी भन्छन् ‘मेरो भ्यालेनटाइन घरमा बसेर नै बित्यो ।
सुतियो, गेम खेलियो । त्यस्तै भयो । दिउसो एकछिन चलचित्रको टिमसँग मिटिङ भयो, त्यती हो ।’ आफुलाई कसैले नपत्याएकाले सिंगल नै हुनुपरेको गुनासो आकाशले पोखे । उनले थपे, ‘मलाई कसले पत्याउने होर मिंगल हुनलाई । कसैले पत्याएनन, त्यसैले भ्यालेनटाइन डेमा पनि गेम खेलेर बस्नु पर्यो ।’