कमेडी च्याम्पियनबाट बाहिरिए कार्की, ईटहरीका सुमन सुरक्षीत - Crazysaptahik.com

कमेडी च्याम्पियनबाट बाहिरिए कार्की, ईटहरीका सुमन सुरक्षीत

क्रेजी साप्ताहिक । ईटहरी र नेपालको पहिलो कमेडि रियालिटि शो ‘कमेडि च्याम्पियन’बाट प्रतियोगी सुमन कार्की बाहिरिएका छन् । उपाधीको दावेदार मानिएका सुमन शिर्ष ५ बाट बाहिरिएका हुन् । यससँगै कमेडि च्याम्पियनका शिर्ष ४ प्रतियोगी पनि चुनिएका छन् । यता ईटहरीका सुमन कोईराला भने सुरक्षीत रहेका छन ।

सोमबारको एपिसोडमा उनको प्रस्तुति धमाकेदार रह्यो । यसअघि “दले दाइ” क्यारेक्टर मार्फत कमेडी च्याम्पियनमा एकाएक लोकप्रियता हासिल गरेका सुमन कोईराला यतिबेला बिजेताको दाबेदार हुन भन्दा फरक पर्दैन । यता सुमन बाहिरिएको कुरा आफ्नो लागि विश्वास गर्न गाह्रो रहेको जज सन्तोष पन्तले बताए ।

“यो मेरो कल्पना भन्दा बाहिरको कुरा भयो । उ धेरै सम्भावना बोकेको हाँस्य कलाकार हो । सुरुदेखि माथीमाथी हुँदै गएको थियो । भोटले गरेपछि हामीले बोल्ने ठाउँ छैन ।” कमेडि च्याम्पियनले एउटा राम्रो प्रतिभा गुमाएको पनि उनले बताए । त्यस्तै मनोज गजुरेलले सुमन बाहिरिएको कुराले आफूलाई व्यक्तिगत रुपमा दुःख लागेको बताए ।

“सुमन कार्की हाँस्य व्यंग्यको दुनियाँमा पहिले नै नाम्चेबजार पुगिसकेको व्यक्ति हो । कमेडि च्याम्पियनले उनलाई बेस क्याम्पमा पुर्याएको छ । अब चुचुरोमा पुग्ने जिम्मा उनको हातमा छ ।” सुमन बाहिरिनु ठूलो घाटा भएको ऋचा शर्माले बताइन् साथै यो सबै खेलकै हिस्सा भएको पनि उनले जोडिन् ।

“कमेडि च्याम्पियन एउटा घर थियो भने त्यो घर बनाउन इटा, ढुंगा, रोडा धेरै कुराको आवश्य पर्छ । सुमन कार्की पानी थियो, त्यो सबै कुरालाई जोडेर राख्ने ।” प्रदिप भट्टराईले बताए । ‘कमेडि च्याम्पियन’को भाग २५ मा अभिनेत्री द्वय नम्रता श्रेष्ठ र प्रियंका कार्की पाहुनाको रुपमा गएका थिए । कार्यक्रममा शिर्ष ४ प्रतियोगी सुमन कोइराला, विष्णु प्रसाद गौडेल(मेक्सम), खड्ग बहादुर पुन मगर र हिमेश पन्तले आफ्नो प्रस्तुती दिएका थिए ।

सम्बन्धित खवर