क्रेजी साप्ताहिक । चलचित्र ‘प्रेम पूजा’ निर्माणको घोषणा गरिएको छ । शिवरात्रीको अवसर पारेर चलचित्रको फस्टलुक सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । यो चलचित्रलाई अमरदिप सापकोटाले निर्देशन गर्दैछन् । उनले यसअघि चलचित्र ‘कारखाना’
निर्माण गरेका थिए ।इन्टरटेन्मेन्ट वल्र्डवाइडले निर्माण गर्न लागेको चलचित्रको छायांकन वैशाखबाट सुरु हुनेछ । चलचित्रको छायांकन काठमाण्डौ, चितवन र भारतको बनारसमा गरिनेछ । चलचित्रमा कथा, पटकथा, संवाद अभिमन्यू निरवीको छ ।
चलचित्रका लागि कलाकार फाइनल नगरिएको निर्माणपक्षले बताएको छ । चलचित्रका लागि निर्माणपक्षले कलाकार फाइनल नगरिएको जानकारी यसको निर्माणपक्षले दिएपनि नायक हरिहर अधिकारी मुख्य भूमिकामा रहने वुझिएको छ । हरिहरले यसअघि चलचित्र ‘शुभ लभ’मा काम गरेका थिए । फस्टलुक पोष्टरमा हरिहरको अनुहार छोपिएको छ ।