दया र मिरुनाको ‘जारी’ जेठमा रिलिज हुने - Crazysaptahik.com

दया र मिरुनाको ‘जारी’ जेठमा रिलिज हुने

क्रेजी साप्ताहिक । नायक दयाहाङ राई र नायिका मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘जारी’को प्रदर्शन मिति तयसँगै फस्टलुक पनि सार्वजनिक गरिएको छ । यो चलचित्रको नाम समेत गोप्य राख्दै यसको निर्माणपक्षले छायांकन सुरु गरेको थियो ।

रामबाबु गुरुङको निर्माणमा बनेको चलचित्र ‘जारी’लाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । उपेन्द्रले ‘कबड्डी’ सिरिज लेखनमा रामबाबुलाई साथ दिदै आएका थिए । उनले, यही चलचित्रबाट निर्देशनमा डेब्यू समेत गरेका हुन् ।

यो चलचित्रलाई आउँदो बर्षको जेठ २३ गतेबाट रिलिज गर्ने पक्का यसको निर्माणपक्षले गरेको छ । चलचित्रको फस्टलुकमा दया र मिरुनालाई देखाइएको छ । बिहे गरेर हिडेका दम्पत्तीको भेषमा यी दुइलाई प्रस्तुत गरिएको छ ।

सम्बन्धित खवर