सलमान खानले छोडेपछि भंसालीलाई शाहरुखको साथ - Crazysaptahik.com

सलमान खानले छोडेपछि भंसालीलाई शाहरुखको साथ

बलिउडका दुई हस्तीहरु सलमान खान र सञ्जय लिला भंसालीको नयाँ फिल्म ‘इंशाअल्लाह’ मा अभिनेत्री आलिया भट्टसँग पहिलो पटक सलमान खान देखिने योजना थियो । तर, पछिल्लोपटक सलमान र सञ्जयबीच सम्बन्धमा ददार आएपछि सलमानले सञ्जयको साथ छोडिदिए ।

भारतीय सञ्चार माध्यमले सुत्रलाई उल्लेख गर्दै सञ्जयले सलमान खानको सट्टामा शाहरुख खानलाई लिने निर्णय लिएका छन् । यो फिल्मको कथा प्रेमसम्बन्धमा आधारित हुनेछ ।

यसअघि पनि ‘डियर जिन्दगी’ मा एकसाथ देखिएका शाहरुख र आलियाको जोडी यस फिल्ममा पनि रुचाइने बताइएको छ । शाहरुख खानले सन् २०१९ मा नै दुई तीनवटा फिल्मको स्क्रिप्ट पढिरहेको र उक्त स्क्रिप्टबाट एउटा फिल्म छान्ने बताएका थिए ।

अहिले उनले ‘इंशाअल्लाह’ लाई छानेको स्रोतले उल्लेख गरेको छ ।

सम्बन्धित खवर