बलिउडबाट किन टाढिँदै छिन् प्रीति जिन्टा ? - Crazysaptahik.com

बलिउडबाट किन टाढिँदै छिन् प्रीति जिन्टा ?

बलिउड अभिनेत्री प्रीति जिन्टा लामो समयदेखि बलिउडबाट गायब छिन् । बलिउडमा राम्रो पहिचान बनाउन सफल उनले २००० मा अभिनयमा डेब्यु गरेकी थिइन् । एक समय उनलाई फिल्मको पर्दामा निकै हेरिन्थ्यो । प्रीतिका फ्यानले अहिले उनको क्युट मुस्कान र दमदार अभिनयलाई मिस गरिरहेका छन् ।

आखिर प्रीति बलिउडबाट किन टाढा रहिन् ? जो कोहीको मनमा पनि यहि प्रश्न उब्जिएको हुनसक्छ । यही प्रश्नको जवाफ प्रीतिले एक अन्तवार्ताका क्रममा दिएकी छन् । जसमा उनले भनेकी छन् ‘मनोरञ्जन दुनियाबाट म टाढा हुनुको एक कारण यो हो कि मलाईआफूलाई बेच्नु छैन ।’

प्रीतिले ‘म जुन काम गर्छु । त्यसैबाट नै चर्चामा रहन चाहने’ बताएकी छन् ।बलिउडमा कयौँ हिट फिल्म दिएकी प्रीति पछिल्लो समय मणीरत्नमको फिल्म ‘दिल से’को सानो भूमिकामा देखिएकी थिइन् ।

यसपछि उनी शेखर कपुरको फिल्म ‘तारा रम पप’मा देखिने चर्चा थियो । तर फिल्मबाट उनलाई हटाइयो । सोल्जर, दिल चाहता है, कोई मिल गया, कल हो ना हो, वीर जारा, अलविदा लगायत उनका थुप्रै फिल्म हिट फिल्म छन् ।

सम्बन्धित खवर