फिल्म ‘केजीएफ च्याप्टर २’ रिलिजका दिन यशका फ्यानले मागे सार्वजनिक विदा - Crazysaptahik.com

फिल्म ‘केजीएफ च्याप्टर २’ रिलिजका दिन यशका फ्यानले मागे सार्वजनिक विदा

अभिनेता सञ्जय दत्त र साउथ सुपरस्टार यशको फिल्म ‘केजीएफ च्याप्टर २’ चर्चामा छ । यशको फ्यान फ्लोइङ समेत धेरै रहेको छ । उनका एक फ्यानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक चिट्टी लेखेर फिल्म रिलिजको दिन सार्वजनिक विदा दिन समेत अपिल गरेका छन् ।

फ्यानले प्रधानमन्त्री मोदीलाई लेखेको चिट्टी सोशल मिडियामा भाइरल भइरहेको छ । चिट्ठीमा लेखिएको छ ‘सर, हामी सबैलाई थाहा छ यशको फिल्म ‘केजीएफ च्याप्टर २’ १६ जुलाई २०२१ मा रिलिज हुँदैछ । मानिसहरु फिल्मको प्रतिक्षा गरिरहेका छन् । हामी तपाईलाई अपिल गर्दछौ ।

त्यो दिन राष्ट्रिय विदा घोषणा गर्दिनुस् । हाम्रो भावनालाई सम्झनुस् । यो फिल्म मात्र होइन । यो हाम्रो इमोसन पनि हो ।’ फिल्ममा यश र सञ्जय दत्तका अलवा श्रीनिधि शेट्टी, रविना टन्डनको पनि मुख्य भूमिका रहेको छ । निर्माण युनिटले केही दिन अगाडि फिल्म रिलिज मिति घोषणा गरेको थियो ।

सम्बन्धित खवर