अलिफको ‘छुँदिन म जाले रुमाल’ कस्तो चल्यो ? - Crazysaptahik.com

अलिफको ‘छुँदिन म जाले रुमाल’ कस्तो चल्यो ?

केही दिन अगाडिसम्म युटुबमा अलिफ खान भाइरल थिए । १० बर्षदेखि सांगीतिक क्षेत्रमा संघर्ष गरेपनि उनलाई कसैले पत्याएको थिएन । उनै, अलिफले युटुबमा अन्तरवार्ता दिएपछि रातारात उनी भाइरल भए । उनको स्वरलाई दर्शकले अत्याधिक रुचाए ।

अलिफ भाइरल भएपछि उनको स्वरमा गीत रेकर्ड गर्न चाहने संगीतकारहरु पनि अगाडि सरे । तर, संगीतकार अर्जुन पोखरेलसँग नै सहकार्य गर्ने रुची उनको बन्यो । अर्जुन र अलिफको सहकार्यमा २ वटा गीत तयार भैसकेको छ ।

जसमध्ये, ‘छुँदिन जाले रुमाल’ बोलको गीतको भिडियो पनि निर्माण गरेर सार्वजनिक गरिएको छ । नारायण काइलोको शब्द, अर्जुन पोखरेलको संगीत र अलिफ खानको स्वरमा यो गीत तयार भएको हो । गीतको भिडियोमा इन्जामम अली खान र श्रेया सिटौलाले अभिनय गरेका छन् ।

भिडियोमा निर्देशक विधान कार्कीले गायक अलिफलाई पनि प्रशस्त स्थान दिएका छन् । विकास दाहालको सम्पादनमा तयार भएको यो भिडियोमा उत्सव दाहालको छायांकन छ । यो गीतको भिडियो सार्वजनिक भएको ४ दिन भयो ।

४ दिनमा गीतको भिडियोलाई ३ लाख ४० हजार भन्दा बढी पटक हेरिएको छ । दर्शकले गीतमा अलिफको स्वरको तारिफ गरेका छन् । यो गीत सार्वजनिक भएको ४ दिनसम्म हेर्दा, औषत नै चलिरहेको छ । तर, गीत विस्तारै दर्शकको मनमा बस्ने विश्वास यसका संगीतकार अर्जुन पोखरेलले गरेका छन् ।

सम्बन्धित खवर