मिस वर्ल्ड घोषणाको दिन जलेकी थिइन् प्रियंकाः भन्छिन्, ’कसैले मलाई धक्का दिएको थियो’ - Crazysaptahik.com

मिस वर्ल्ड घोषणाको दिन जलेकी थिइन् प्रियंकाः भन्छिन्, ’कसैले मलाई धक्का दिएको थियो’

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले सन् २००० मा मिस वल्र्डको ताज जितेपछि इतिहास रचिन् । तर, उक्त ताज पहिरिने दिन उनको दुर्घटना भएको थियो । स्टेजमा जानुभन्दा पहिले एक दुर्घटना भएको बताइन् ।

उनको उक्त दुर्घटनामा लागेको अनुहारको चोट छोप्न उनले ताज लिन जाँदा अनुहारमा कपाल झारेकी छन् । उनले आफ्नो अटोबायोग्राफीमा उक्त दिनको बारेमा खुलाउँदै लेखेकी छिन्, ’जब मैले मिस वल्र्डको ताज जितेकी थिँए ।

तब सबैले मेरो अनुहारमा झुन्डिएको कपाल देखेका होलान् । तर, मैले त्यो बेला उक्त कपाललाई निकै सुन्दर अन्दाजमा प्रस्तुत गरेकी थिएँ ।’ प्रियंका चोपडाले उक्त समयमा कपाललाई कर्ल गरिरहेको ।

ब्याक स्टेजमा ९० जना जति युवतीहरु भएको बताउँदै भनिन्, ’म कपाल कर्ल गर्दै थिए । तर पछाडिबाट कसैले मलाई धक्का दियो । र मेरो अनुहारका केही भाग झल्यो । मैले त्यही चोट लुकाउन उक्त कपाल अनुहार अगाडि झारेर गएकी थिएँ ।’

सम्बन्धित खवर