निकै कम उमेरमा आत्महत्याको बाटो रोजेकी थिइन् यी अभिनेत्रीले, अझै खुलेन मृत्युको रहस्य - Crazysaptahik.com

निकै कम उमेरमा आत्महत्याको बाटो रोजेकी थिइन् यी अभिनेत्रीले, अझै खुलेन मृत्युको रहस्य

१९८८ को फेब्रुअरी २० अर्थात आजैका दिन बलिउड अभिनेत्री जिया खानजन्मिएकी थिइन् । अमेरिकाको न्युयोर्कमा जन्मिएकी यी अभिनेत्रीको २५ वर्षको उमेरमै ३ जून २०१३ मा मुम्बई शहरको जुहुस्थित घरमा रहस्यमय मृत्यु भयो । यो रहस्य अझै सुल्झिएको छैन ।

जियाले आफ्नो करियरमा केवल तीनवटा फिल्म खेलेकी थिइन् । तर, उनको अभिनय कलालाई समर्थकहरुले अझै बिर्सिएका छैनन् । अर्को रोचक कुरा, तीनवटै फिल्ममा उनले बलिउडका दिग्गज कलाकारसँग स्क्रिन शेयर गरेकी थिइन् ।

आफ्नो पहिलो फिल्म निशब्दमा उनले अमिताभ बच्चनसँग काम गरेकी थिइन् । यस फिल्मको केही विरोध भएपनि त्यसले जियाको नाम चर्चामा आयो र मानिसहरुले उनलाई चिन्न थाले । त्यसपछि गजनीमा आमिर खान र हाउसफुलमा अक्षयकुमारसँग उनले काम गरिन् ।

आदित्य पन्चोलीका छोरा सुरज पन्चोलीसँग जियाको प्रेम सम्बन्ध थियो । तर, केही समयपछि सुरजसँग जियाको सम्बन्ध पनि बिग्रन थाल्यो । ३ जुन २०१३ मा जियाको शव उनकै घरमा डोरीमा झुन्डिएको अवस्थामा भेटियो ।

मर्नुभन्दा अघि अन्तिमपटक जियाले सुरजसँग नै कुराकानी गरेकी थिइन् । पुलिसले यस घटनाको अनुसन्धानका क्रममा सुरजलाई पक्राउ गरेर २३ दिनसम्म जेलमा राख्यो, त्यसपछि जमानतमा उनी रिहा भए । यस घटनाको ७ वर्षपछि पनि उनको मृत्युको रहस्य अझै खुलेको छैन ।

सम्बन्धित खवर