नायक । सुशान्त सिंह राजपुतको निधनपछि नायिका रिया चक्रवर्ती निरन्तर विवादमा छिन् । यतिमात्र होइन, उनले सुशान्तको निधनपछि जिन्दगीमा निक्कै ठूलो तनाव झेलिसकेकी छिन् ।
उनी, ड्रग्सको मुद्दामा केही समय हिरासतमा समेत बसिन् । अब, भने रिया आफ्नो जिन्दगीलाई नयाँ तरिकाले अगाडि बढाउने सोचमा छिन् । तर, बलिउडले अझै पनि उनको खुलेर स्वागत गर्न सकेको छैन ।
रियाले अभिनय गरेको चलचित्र ‘चेहरे’को फस्टलुक सार्वजनिक भयो । फस्टलुकमा रियाको तस्वीर नै राखिएको छैन । यो बिषयमा यसको निर्माणपक्षले केही पनि बोलेको छैन । पोष्टरमा चलचित्रका मुख्य कलाकारहरु अमिताभ बच्चन, इमरान हाश्मी लगायतलाई देख्न सकिन्छ ।
भारतीय मिडियाका अनुसार, पोष्टरमा आफ्नो तस्वीर समावेश नगरिएपछि रिया निराश बनेकी छिन् । सन् २०२० मा धेरै ठक्करहरु भोगेर अगाडि बढेकी रिया अब आफूलाई बलिउडमा बलियो रुपमा अगाडि बढाउन चाहन्छिन् ।
तर, उनलाई अझै पनि बलिउडले खुलेरै स्वागत गर्न नसकेको उनले वुझेकी छिन् । पोष्टरमा चलचित्रका अधिकांश कलाकारको अनुहार समावेश गरिदा पनि रियाको समावेश नगर्नु आफैमा अनौठो कुरा हो ।
सुशान्तको निधनपछि दर्शकबाट गाली बढी पाएका कारण पनि रियालाई पोष्टरमा राखेर यसको निर्माणपक्षले विवाद निम्त्याउन नचाहेको देखिन्छ ।